कोहलपुर ।
बाँकेको कोहलपुरमा रहेको वाईड नलेज केक्निकल कलेजको आयोजनामा ३३ जना विद्यार्थीहरुलाई व्यवसाय सुरु र सुधार गर्न तालिम दिएको छ ।
शनिबार कोहलपुर नगरपालिका वडा नं. ५ का कायवहाक अध्यक्ष सिता नेपालीको प्रमुख अतिथिमा भएको समापन कार्यक्रममा ३३ जना विद्यार्थीहरुलाई व्यवसाय सुरु र सुधार गर्न १० दिनसम्म प्रशिक्षक/प्रशिक्षण तालिमको समापन गरेको हो ।
अन्तराष्ट्रिय श्रम संगठनद्धारा सञ्चालित कार्यक्रमलाई लक्षित समूदायका व्यक्तिहरुसंग लाभ पुर्याउने उद्देश्यले तालिम सञ्चालन गरेको वाईड नलेज टेक्निकल कलेजका प्रमुख तथा कार्यक्रमका सभाअध्यक्ष तेज बहादुर बोहराले बताए ।

व्यवसाय सचेतना, व्यवसाय चक्र खेल, व्यवसाय योजना, व्यवसाय सुधार, ग्राहक समक्ष पुग्ने उपाय, बजार व्यवस्थापन, सामाजिक समावेशीकरण जस्ता विषयबस्तुहरु १० दिनसम्म ईश्वरी प्रसाद शर्माले प्रशिक्षण दिइएको बोहराले बताए ।
कार्यक्रममा अनेरास्ववियू क्रान्तिकारीका जिल्ला अध्यक्ष महेश बस्नेत, बाल क्लबका अध्यक्ष विवेक शर्मा, तालिम व्यवस्थापन समितिका राजन न्योपाने, ममता भण्डारी, विक्रम पुन र तेज बहादुर बोहरा रहेका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्