कोहलपुर कपडा व्यवसायी संघको अध्यक्षमा पौडेल




कोहलपुर ।

कोहलपुर कपडा व्यवसायी संघको छैटौ साधारणसभा तथा चौथो अधिवेशनबाट अध्यक्षबाट राजकुमार पौडेल सर्वसम्मत चयन भएका छन् ।

शनिबार भएको संघको छैटौ साधारणसभा तथा चौथो अधिवेशनबाट राजकुमार पौडेलको अध्यक्षतामा नयाँ समिति निर्माण भएको हो ।

जसको बरिष्ठ उपाध्यक्षमा राजिब पौडेल, उपाध्यक्षमा विवेक सापकोटा, महासचिवमा गोपाल प्रसाद अधिकारी, सचिवमा सिता योगि र कोषाध्यक्षमा मोतिलाल काफ्ले चयन भएका छन् ।

यस्तै सदस्यहरुमा कृष्ण गौली, बर्सा परिवार, सुबाश ढकाल , टिकाराम ढकाल र झुप बहादुर भन्डारी रहेका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ माघ १५ गते आइतबार