Kohalpur Today Header Ads

सांसद ढकालले गरे नरैनापुरका युवासँग अन्तरक्रिया




बांके\ बांके क्षेत्र नं. १ का माननिय संघिय सांसद सुर्य प्रसाद ढकालको आयोजनामा शनिबार बांकेको नरैनापुरमा नरैनापुरको विकासमा साझा धरणा र प्राथमिकताका क्षेत्रहरु बिषयक विकास संबाद कार्यक्रम सम्पन्न भएको छ ।

नरैनापुरका किसान, समाजसेवी, शिक्षापे्रमी, राजनितिज्ञ लगाएत सयौको संख्यामा उपस्थित जनताहरुले उक्त कार्यक्रममा संघिय सांसद समक्ष नरैनापुरको दिगो विकासका निम्ति बिभिन्न संभावनाका परियोजनाहरुको मार्गचित्र प्रस्तुत गरेका छन ।

बघौडा, सुईया र बिभिन्न खहरे खोलाहरुले पार्ने समस्यालाई दिगो रुपमा समाधान गर्न आग्रह गरेका जनताले नरैनापुरलाई ब्यापारीक सानो नाकाको रुपमा बिकसित गर्दै लैजान पहल कदमी गर्न माननिय ढकाल समक्ष आग्रह गरे ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

नरैनापुरका किसान, समाजसेवी, शिक्षाप्रेमी, राजनितिज्ञ लगाएत सयौको संख्यामा उपस्थित जनताहरुले उक्त कार्यक्रममा संघिय सांसद समक्ष नरैनापुरको दिगो विकासका निम्ति बिभिन्न संभावनाका परियोजनाहरुको मार्गचित्र प्रस्तुत गरेका छन ।

बघौडा, सुईया र बिभिन्न खहरे खोलाहरुले पार्ने समस्यालाई दिगो रुपमा समाधान गर्न आग्रह गरेका जनताले नरैनापुरलाई ब्यापारीक सानो नाकाको रुपमा बिकसित गर्दै लैजान पहल कदमी गर्न माननिय ढकाल समक्ष आग्रह गरे ।

औधोगिक सम्भावना अधिक रहेको नरैनापुरमा औधोगिक ग्रामकारुपमा लिने र नरैनापुरलाई बैजापुर हुदै मुख्य पुर्वपश्चिम राजमार्ग सम्म जोडने अठोट ब्यक्त गरे । नरैनापुरका युवाहरुमा केहि गरौ भन्ने भावना अति नै भएको चर्चा गर्दै सांसद ढकालले कृषिमा सिंचाई, बिउ बिजन र बजारीकरण सहितको कृषि कार्यक्रमसंग युवालाई जोडन आफुले पहल गर्ने बताए ।

बांकेको जुम्ला भनेर चिनिने नरैनापुरलाई आफुले सुगम भएको हेर्न चाहेको बताएका ढकालले यहाको अनेकन विकासमा आफनो साथ सदन र सडकमा भईरहेने चर्चा गरे । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य बसन्ति अधिकारी , नेकपा एमालेका जिल्ला तथा प्रदेश स्तरीय नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ माघ १५ गते आइतबार