काेहलपुर ।
नेकपा (बहुमत) बाँके जिल्ला समितीको छैठौं बैठक सम्पन्न भएको छ । पार्टीको छैठौं पुर्ण बैठक बाँकेको कोहलपुरमा शुक्रवार सम्पन्न भएको नेकपा (बहुमत) ले जनाएको छ ।
नेकपा (बहुमत) का बाँके जिल्ला संयोजक परिवर्तनको अध्यक्षतामा बसेको वैठकको प्रमुख अथिती पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा कर्णाली ब्युरो इन्चार्ज संगम, अथितीमा पार्टीका बाँके र बर्दिया इन्चार्ज अनन्त, पार्टीको सहायक सङ्गठन युवा जनस्वयमसेवक नेपालका केन्द्रीय महासचिव झलक विको उपस्थिति रहेको थियो ।
बैठकले कार्यक्षेत्रको विभागन, पार्टी, जनवर्गीय सङ्गठन र मोर्चाहरुलाई थप सृदृढ र व्यवस्थित गर्ने, जनयुद्धको उपलक्ष्यमा जिल्लव्यापी कार्यक्रम गर्ने लगायतका निर्णय गरेको पार्टीका एक नेताले नगरपाटीलाई जानकारी दिए ।
साथै जिल्ला व्यापी रुपमा सामाजिक अपराध, भु-माफिया, मेडिकल माफिया, शैक्षिक माफिया, हरेक क्षेत्रका भ्रष्टचारी, मिटरव्याजी समस्या, कालोबजारी लगायत जनताको प्रत्यक्ष जीवन संग जोडिएका विषयमा संघर्ष केन्द्रित गर्ने पार्टीको योजना रहेको समेत उनले जानकारी दिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्