कोहलपुर नगर प्रहरीको प्रगति : ५ महिनामा १ लाख ४५ हजार बढि राजस्व संकलन

कोहलपुर ।

कोहलपुर नगरपालिकामा नगर प्रहरीले आफ्नो प्रगति विवरण सार्वजनिक गरेको छ । कोहलपुर नगरपालिकामा नगर प्रहरीले काम सुरु गरेको ५ महिनामा १ लाख ४५ हजार ८ सय ६० रुपैया राजस्व संकलन भएको कोहलपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले कोहलपुर टुडेलाई जानकारी दिएका छन् ।

नगर प्रहरीले राजस्व संकलन मात्र होइन अन्य ट्रष्ट हटाउने, निर्माण सामग्री हटाउने र तार व्यवस्थापन गर्ने काम गरेको छ’ उनले भने, ‘अतिक्रमण नियन्त्रण, सरसफाई कार्यक्रम र सचेतनामुलक कार्यक्रम समेत गरेको छ ।’ कोहलपुर नगरपालिका भित्रका अतिक्रमण गरी बनाईएका १ सय ५६ वटा घर टहराहरु भत्काइएको नगर प्रहरीको प्रगति प्रतिवेदनमा उल्लेख छ ।

जसमा कोहलपुर ११ नगर विकास अगाडि ५७, बसपार्क भित्रका ६३, नेपाल बैंक लि. नजिकका ४, नयाँ बसपार्क जाने बाटोमा रहेका १०, कोहलपुर २ सालको बुटा चोकका १०, क्रिकेट मैदानमा नयाँ बनेका संरचना ५, कौशिलानगर १ मा बनेका ५ वटा गरी १ सय ५६ वटा टहरा भत्काइको प्रमुख प्रशासकि अधिकृत टिकाराम ढकालले जानकारी दिए । कोहलपुर नगर पालिकामा २४ जना नगर प्रहरी कार्यरत छन् ।

यस्तै नगर प्रहरीले कोहलपुर चौराह देखि ५ सय मिटर चारैतर्फ सार्वजनिक सवारी रोक निषेध गरिएकोमा उल्लंघन गर्ने १२ वटालाई ह्लि लक लगाई चेतावनी दिइएको नगर प्रहरी प्रमुख विर बहादुर थापाले जानकारी दिए । थापाका अनुसार कोहलपुरमा १५ पटक नगर प्रहरीले स्वय् सरसफाई गरेको छ । अत्याधिक चिसो बढेकोले कोहलपुरका १५ वटै वडाहरुका ९९ स्थानमा दाउरा वितरण गरिएको नगर प्रहरी प्रमुख थापाले जानकारी दिए ।