बागेश्वरी बहुमुखी क्याम्पसमा प्रथम सेमेस्टरकाे परीक्षा सञ्चालन




काेहलपुर । 

मध्यपश्चिम विश्वविद्यालय सुर्खेतले स्नातक तह प्रथम सेमेस्टर शिक्षा, मानविकी, व्यवस्थापन, विज्ञान लगायतका संकायको परीक्षा सञ्चालन भइरहेको छ । यहि पौष ९ गतेदेखि सञ्चालन भएको परिक्षा विश्वविद्यालयका सबै केन्द्रिय तथा आंगिक र एक सम्बन्धन प्राप्त क्याम्पसमा परीक्षा सञ्चालन भइरहेको छ ।

यस्तै विश्वविद्यालयको आंगिक क्याम्पस बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा पनि सौहाद्र र शान्त वातावरणमा परिक्षा चलिरहेको परीक्षा केन्द्रका केन्द्राध्यक्ष तथा क्याम्पस प्रमुख दान बहादुर हमालले जानकारी दिए ।

विश्वविद्यालयले आफ्ना सबै परिक्षा केन्द्रहरुमा बाह्री सुपरिवेक्षक समेत खटाएको छ । यस विश्वविद्यालयले कोभिड-१९ को पहिलो लहरमा अनलाइन तथा दोस्रो लहरमा अनलाइन र भौतिक रुपमा परीक्षा सञ्चालन गरेको थियो । निर्धारित समयमा परिक्षा सञ्चालन, नतिजा प्रकाशनको काम गरिएको क्याम्पस प्रमुख हमालले बताए ।

विश्वविद्यालयले भर्खर मात्र स्नातक तह प्रथम सेमेस्टरको ईन्ट्रान्स परीक्षा यही पौष १७ गते सम्पन्न भयो र १९ गते त्यसको नतिजा प्रकाशित गरेको छ । यहि पौष २० देखि ३० गतेसम्म भर्ना समेत खोलेको छ ।

यस्तै उता स्नातकोत्तर तह प्रथम सेमेस्टरको विश्वविद्यालयले रजिस्ट्रेसन समेत खोलेको छ । यसको समयअवधि भने यही पौष २९ सम्म मात्र राखिएको छ ।

कोहलपुरको निकै पुरानो २०४८ सालमा स्थापन भएको शैक्षिक धरोहर बागेश्वरी बहुमुखी क्याम्पस हिजो त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त पब्लिक क्याम्पस थियो । २०७५ साल देखि बागेश्वरी बहुमुखी क्याम्पस मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा रुपान्तरण भएको थियो । विश्वविद्यालयका सबै कार्यक्रमहरु सेमेस्टर पद्धतिबाट सन्चालन गर्दै आएको छ ।

केही समय अघि यस क्याम्पस तथा विश्वविद्यालयको बारेमा केही शिक्षण संस्थाहरुले विविध खालका अनर्गल प्रचार गरेपनी नेपाल सरकारको लगानीमा संचालित यश विश्वविद्यालयप्रति आम नागरिकहरु जानकारी भएको कुरा पत्रकार सम्मेलन मार्फत उपकुलपति प्रा.डा नन्द बहादुर सिहले जानकारी दिएका थिए ।

हाल विश्वविद्यालय बांके, बर्दिया, सुर्खेत, दैलेख, कालिकोट, मुगु रोल्पा रुकुम पश्चिम जाजरकोट लगायतका जिल्लामा रहेका ठुला र राम्रा क्याम्पसहरु रहेका छन् ।

हाल सञ्चालन भइरहेको परिक्षा यही पौष २५ गते सकिने बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका सहायक केन्द्राध्यक्ष उप प्रा. टेकेन्द्र कुमार महतराले जानकारी दिए । हामी आजको समयमा योग्य, दक्ष, क्षमतावान र २१ औ शताब्दीमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने हाम्रो विश्वविद्यालयको नीति रहेको बताए ।

यस्तै पाठ्यक्रम मूल्याङकन विभागका विभागिय प्रमुख एकराज शर्माले हामी हाम्रा राम्रा सवालहरुलाई बाहिर लियर जान्छौं तर अरुका नराम्रो पक्षलाई लिएर अरुको अनर्गल प्रचार नगर्न अनुराेध गरेका छन् ।  ‘आजका अभिभावक र विद्यार्थीमा चेतना स्तर बढेको छ’ उनले भने, ‘झुक्याएर विद्यार्थी भर्ना गर्ने हाम्रो नीति होइन ।’ त्यसैले आम अभिभावकले यश तथ्यगत आधारमा आफ्नो छोराछोरीको भविस्य बनाउनेतर्फ लाग्नुपर्ने उनले दावी गरे ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ पुस २० गते मंगलबार