अनेरास्ववियूले जलायो शिक्षामन्त्रीको पुत्ला

काठमाडौं।

एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालको पुत्ला दहन गरेको छ ।

विद्यार्थीले आज बिहान प्रदर्शनी मार्गस्थित रत्नराज्य क्याम्पस (आरआर) अगाडि शिक्षामन्त्री खनालको पुत्ला दहन गरेका हुन् । शिक्षामन्त्रीले निजीलाई पोसेको, गरीब विद्यार्थीको खिलाफमा रहेको अनेरास्ववियूको आरोप छ ।

मन्त्री खनाल शैक्षिक दलाल भएको आरोप लगाउँदै विद्यार्थीहरूले राजीनामासमेत मागेका छन ।