चर्चित टेलिभिजन कार्यक्रम इन्द्रेणीमा होस् कि देशभर आयोजना हुने बिभिन्न दोहोरी गीत प्रतियोगितामा दौरा-सुरुवालमा मुसुक्क हाँसेर दोहोरी गाउने चर्चित दोहोरी गायक भिम पौडेलको निधन भएको छ।
स्याङ्जाको कोल्मामा जन्मिएका दोहोरी गायक पौडेलको निधन भएको अमेरिकामा रहेका लोक गायक भगवान भण्डारीले आफ्नो फेसबुक स्टाटसमार्फत जानकारी दिएका छन्।
स्याङजा जिल्लाकै गहनाका रुपमा गनिएका लोकदोहोरी गायक पौडेलको रक्त सम्बन्धि क्यान्सरका कारण निधन भएको लोकगायक भण्डारीले आफ्ना शुभ चिन्तकहरुलाई कमेन्टमार्फत जानकारी दिएका छन्।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्