फुलबारी एजुकेशनलले मनायो ८ औं बार्षिकोत्सव

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका २ मा रहेको फुलबारी एजुकेशनल एकेडेमीले ८ औं बार्षिकोत्सव मनाएको छ । बिहिबार लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य दुर्गा प्रसाद चौधरीको प्रमुख अतिथि तथा धन बहादुर शाहीको अध्यक्षतामा फुलबारी एजुकेशनल एकेडेमीले ८ औं बार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सवमा साँस्कृति कार्यक्रम संगसंगै उत्कृष्ट बालबालिकालाई पुरस्कार समेत वितरण गरिएको थियो । कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष हरि कठायत, अभिभावक, अभिभावक लगायत उपस्थित रहेका थिए ।