अरब सागरबाट आएको जलवाष्पयूक्त वायुको प्रभावले चार प्रदेशमा आंशिक बदली

काठमाडौं ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका साथै अरब सागरबाट आएको जलवाष्पयूक्त वायुको प्रभाव रहेको छ।

हाल देशको पहाडी भेगमा आंशिक बदली रही तराईका केही भूभागहरूमा हुस्सु र कुहिरो लागेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राती प्रदेश १ मा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

तराईका थोरै स्थानहरूमा बिहानीपख हुस्सुरकुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ