Kohalpur Today Header Ads

नेपालगञ्ज महोत्सवमा आज गायिका सिर्जना खत्री लगायतका राष्ट्रिय कलाकारहरु आउने




बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा आज गायिका सिर्जना खत्री लगायतका राष्ट्रिय कलाकारहरु आउने भएका छन ।

नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको चौथो दिन राष्ट्रिय ख्याती प्राप्त एवं चर्चित कलाकार गायक भुवन खड्का, गायिका सिर्जना खत्री, गायक बसन्त लम्साल आउने कार्यक्रम तय भएको प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कंडेलले जानकारी दिए ।

यस बाहेक दर्शकले महोत्सव अवधिमा नृत्य प्रतियोगिता, चर्चित कलाकारहरु संग मनोरञ्जन गर्ने, कुस्ती प्रतियोगिता हेर्ने मौका र स्टल अवलोकन गरेर व्यापार प्रर्वद्धनमा टेवा पुर्याउनेछन ।

LIfe Ok

यस्तै दर्शकलाई मनोरञ्जन गराउन प्रत्येक दिन लुम्बिनी प्रदेश स्तरिय डान्स प्रतियोगिता हुदैँछ । दर्शकले बिभिन्न राष्ट्रिय कलाकारहरुको प्रस्तुति हेर्नुका साथै बाल उद्यान, स्टल अवलोकन गरेर भरपुर्ण आनन्द उठाईरहेका छन ।

महोत्सवको आर्कषणका रुपमा थारु गाउँ समेत राखिएको छ । थारु गाउँमा समेत दर्शकलाई छुटटै मनोरञ्जनका लागि थारु परिकार, थारु नाच, थारु गितसंगितले भरपुर मनोरञ्जन गराएको महोत्सबका प्रत्यक्ष दर्शिहरु बताउँछन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र सिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रपोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा माघ २४ गते सम्म कृषि, व्यापार, पर्यटन तथा सांस्कृतिक महोत्सव संचालन रह्नेछ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ माघ १३ गते शुक्रबार