कोहलपुर नगरपालिकाद्वारा ओपिडि सेवा सहित आधारभुत अस्पताल सञ्चालन (भिडियाे सहित)

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाले वडा न २ स्थित सामुदायिक आयुर्वेद तथा प्राकृतिक अस्पतालमा ओपिडि सेवा सहितको आधारभुत अस्पताल सञ्चालनमा ल्याएको छ । कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले उद्घाटन गरी ओपिडि सेवा सहितको आधारभुत अस्पतालको आजबाट सञ्चालनमा आएको छ ।

उद्घाटन गर्दै कोहलपुर नगरपालिका रावतले दुई एमविविएस डाक्टर, दुई स्टाफ नर्स, दुई प्यारामेडिकल स्टाफ सहित ओपिडि सेवा सहित आधारभुत अस्पताल सुरु भएको बताए । ‘आधारभुत अस्पतालमा सामान्य विरामीको उपचार हुनेछ’ उनले भने ‘नियमित रुपमा सञ्चालन गर्नेछौ ।’ यहाँ पहिले अस्थायी कोभिड अस्पताल थियो र अहिले आधारभुत अस्पताल सहित ओपिडि सेवा सञ्चालन गरी जनतालाई सेवा दिइरहेको नगर प्रमुख रावतले बताए ।

रावतका अनुसार कोभिडको बेलामा नेपालगञ्ज मेडिकल, भेरी अस्पताल र खजुरा अस्पतालमा विरामी राख्न नपाउँदा आयुर्वेद तथा प्राकृतिक अस्पताललाई नै कोहलपुर नगरपालिकाले अस्थायी कोभिडि अस्पताल सञ्चालनमा ल्याएको थियौं । सो अस्पतालबाट कोभिडका १ सय ५० बढि विरामीहरुलाई उपचार भएको थियो । कोहलपुर नगरपालिका स्वास्थ्य शाखाको भवन नजिकै आधारभुत अस्पताल निर्माण हुन लागेको छ । अबको १ वर्षसम्म भित्र निर्माण कार्य सम्पन्न भएपछि यहाँको आभारभुत अस्पताल आफ्नै भवनबाट सेवा दिनेछ । हाललाई भने विरामीहरुको सम्पूर्ण उपचार खर्च निशुल्क रहेको रावतले बताए ।

हेर्नुहोस भिडियो

 

यस्तै योग एवम् स्वास्थ्य समाज नेपालद्वारा सञ्चालित सामुदायिक आयुर्वेद तथा प्राकृतिक अस्पतालका अध्यक्ष नम प्रसाद शर्माले कोहलपुरमा स्वास्थ्य क्षेत्रमा उदारणीय काम गर्नुपर्छ भन्ने हेतुले अस्पताल सञ्चालनमा ल्याएको बताए । शर्माका अनुसार प्राकृतिक रुपमा उपचार हुने भएकोले यहाँ कोभिडका विरामी निको भएको अवस्था थियो ।

अहिले कोहलपुर नगरपालिकाले फेरी पनि जनताको सेवा दिनका लागि आधारभुत अस्पताल सञ्चालन ल्याएको छ, त्यसको लागि धन्यवाद दिन चाहान्छौं उनले भने । फेरी पुनः कोभिड महामारी बढेमा कोभिडका विरामी राख्ने र उपचार गर्नेछौं ।

अब हाम्रो २०७९ साल असार २० गते राष्ट्रिय प्राकृतिक चिकित्सालय सुरुवात गर्ने भनी हाम्रो संस्थाले निर्णय समेत भैसकेको बताए ।

हेर्नुहोस भिडियो

 

यस्तै कोहलपुर नगरपालिका प्रमुख प्रशासकि अधिकृत टिकाराम ढकाल, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजजंग शाह, कोहलपुर नगर स्वास्थ्य शाखा प्रमुख पूर्ण बहादुर खड्का र डा. सन्तोष विसीको उपस्थिति रहेको थियो ।