काेहलपुर ।
नेकपा एमाले बाँकेको अधिवेशन नजिकिदै गर्दा नेतृत्वमा दावी गर्नेहरु बढ्न थालेका छन् । कम्युनिष्ट आन्दोलनको उर्बरभूमि मानिने बाँकेको अध्यक्षमा डिल्ली बिसीले दाबी गरेका छन् ।
एमालेले पुस २३ गते देशव्यापी रुपमा जिल्ला अधिवेशन गर्दै छ । बिसी ०४७ सालमा तत्कालिन मालेको टोल कमिटी सदस्य भएर कम्युनिष्ट आन्दोलनमा लागेका थिए ।
सल्यानबाट विस्थापित भएपछि काठमाडौँ पुगेका डिल्ली २०५७ सालमा नेकपा एमाले सल्यान काठमाडौ सम्पर्क मञ्चको सचिव भएर काम गरेका थिए । त्यसपछि उनी एमाले राजनीतिमा सक्रिय भएका हुन् ।
काे हुन डिल्ली विसी ?
२०४७ सालमा तत्कालिन मालेको टोल कमिटी सदस्य भएर कम्युनिष्ट आन्दोलनमा होमिएका डिल्ली एमालेको बिचार बोकेकै कारण माओवादीबाट बिस्थापित भएका नेता हुन् । राजनीति, पत्रकारिता र समाज सेवाका त्रिनेत्रका रुपमा स्थापित डिल्ली २०४७ सालमा त्रिभुवन जनता माध्यमिक विद्यालय सस्लयानमा अनेरास्ववियुको प्राक अध्यक्ष, २०५१ सालमा विरेन्द्रनगर बहुमुखी क्याम्पसको प्राक सचिव, २०५२ देखि २०५४ सम्म अनेरास्ववियु सल्यान जिल्ला कमिटी कोषाध्यक्ष, २०५४ देखि २०५७ अनेरास्ववियु सल्यान जिल्ला अध्यक्ष भएर सल्यानको विद्यार्थी आन्दोलनलाई उचाइमा पुर्याएका डिल्ली जनताको बहुदलिय जनवादलाई बोकेकै कारण २०५६ सालदेखि माओवादीद्वारा विस्थापित भए ।
सल्यानबाट बिस्थापित भएपछि काठमाडौँ पुगेका डिल्ली २०५७ सालमा नेकपा एमाले सल्यान काठमाडौ सम्पर्क मञ्चको सचिव भएर काम गरे । पार्टीभित्र बौद्धिक नेताका रुपमा स्थापित डिल्ली २०५८ सालदेखि प्रेस चौतारी बाँकेमा आवद्ध भए । हरेक जिम्मेवारीलाई सफलताका साथ पुरा गर्ने परिचय बनाएका डिल्ली २०६४ मा नेकपा एमाले भेरी अञ्चल निर्वाचन कमिटीको सचिव, २०७१ मा नेकपा एमाले बाँके जिल्ला कमिटी सदस्य, २०७३ नेकपा एमाले केन्द्रीय प्रचार विभाग सदस्य भएर कम्युनिष्ट आन्दोलनलाई उचाइमा पुर्याउन भूमिका खेले । हाल प्रेस चौतारी नेपालको केन्द्रीय सल्लाहकारको भूमिकामा रहेका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्