सरस्वती मावि भवानीपुरलाई राप्तीसोनारी अध्यक्ष कपको उपाधि




राप्तीसोनारी ।

बाँकेको राप्तीसोनारी गाउँपालिकामा सोमबार सम्पन्न ‘पन्ध्रौ राष्ट्रिपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता तथा पाँचौ राप्तीसोनारी गाउँपालिका स्तरीय अध्यक्ष कप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधि सरस्वती मावि भवानीपुरले जित हात पारेको छ । सरस्वती माविले खेदकुद प्रतियोगितामा ९ स्वर्ण ३ रजत र १ कास्य प्राप्त गरी प्रथम स्थान ल्याउन सफल भएको हो ।

यस्तै लक्ष्मी मावि मदुईले ७ स्वर्ण, ३ रजत र ३ कास्य प्राप्त गरी दोस्रो स्थान ल्याउन सफल भएको छ भने सिद्देश्वर मावि सिधनवाले ५ स्वर्ण, ५ रजत र १ कास्य प्राप्त गरी तृतीय स्थान ल्याउन सफल भएको हो ।

यस्तै एथ्लेटिक्स प्रतियोगितामा छात्रतर्फ लक्ष्मी मावि मदुईमा अध्ययनरत सतिश थारु र छात्रातर्फ सम्झना थारु उत्कृष्ट भएका छन् ।

यस्तै भलिबल प्रतियोगितामा छात्रतर्फ लक्ष्मी मावि मदुईमा अध्ययनरत सुरक्षा थारु र छात्रातर्फ सरस्वती मावि भवानीपुरमा अध्ययनरत निकिता कुमाई थारु उत्कृष्ट भएका छन् ।

विजयी विद्यालय र खेलाडीहरुलाई राप्तीसोनारी गाउँपालिका प्रमुख तप्त पौडेल, उपाध्यक्ष मनिषा सिंह थारु, नेरामाविका विव्यस अध्यक्ष अर्जुन कुमार केसी, प्रअ ओम प्रकाश थापा र वडा अध्यक्षहरु लगायतले शिल्ड तथा पुस्कार वितरण गरेका थिए ।

समापन कार्यक्रममा बोल्दै राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेलले खेलकुदका माध्यमबाट राप्तीसोनारीलाई चिनाउन र पहिचान बढाउनका लागि वडाहरुमा समेत वडा अध्यक्ष कप सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।

यस्तै स्व.सञ्जु चौधरीको सम्झनामा खेलाडिलाई प्रोत्साहान गर्नका लागि राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले २ लाखको अक्षय कोषको स्थापना गरेका छन् ।

अक्षय कोषबाट आएको व्याज रकमबाट बार्षिक रुपमा पछि एक कार्यविधि निमार्ण गरी पालिका भित्रका ऐथ्लेटिक्स तर्फका उत्कृष्ट छात्रा खेलाडिलाई पु्रस्कृत गर्नेछन् । यस अक्षय कोषमा व्यक्ति तथा संघ–संस्थाहरुले समेत रकम थप गर्ने मिल्ने गरी कोष खडा गरिएको अध्यक्ष पौडेलले बताए ।

समापन समाहरोमा बोल्दै उपाध्यक्ष मनिषा सिंह थारुले युवाहरु खेलकुदप्रति रुचि बढेको बताइन् । सबै विद्यालयहरुलाई खेलकुदलाई प्राथमिकता दिन विद्यालयहरुलाई आग्रह गरिन् ।

यस्तै प्रतियोगिताको सञ्चालन तथा व्यवस्थापनका संयोजक तथा नेरामाविका विव्यस अध्यक्ष अर्जुन कुमार केसीले खेदकुदलाई भव्य, सभ्य र शान्तिपूर्ण तरिकाले सञ्चालनमा सहयोग पुर्‍याउनुहुने सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयका प्रअ, विव्यस अध्यक्ष र खेलकुद समितिका संयोजक र सदस्य लगायत सम्पूर्ण खेल गुरुहरुलाई समेत धन्यवाद व्यक्त गरेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ माघ ९ गते सोमबार