Kohalpur Today Header Ads

नेपाल शिक्षक संघ कोहलपुरकाे अध्यक्षमा मल्ल




प्रदिप कुमाई, कोहलपुर ।

नेपाल शिक्षक संघ कोहलपुर नगर कार्यसमितिको दोस्रो स्थानीय अधिवेशनबाट दिपक मल्ल अध्यक्षमा चयन भएका छन् ।

आइतबार कोहलपुर नगर सभामा कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यको प्रमुख अतिथि र नेशिसं कोहलपुर नगर कार्यसमितिका अध्यक्ष दिपक मल्लको सभापतित्वमा ३२ सदस्यीय कार्यसमिति चयन भएको हो ।

LIfe Ok

जसमा उपाध्यक्षमा लक्ष्मी कुमारी हमाल, उपाध्यक्षमा केशवराज सिग्देल, सचिव बेग बहादुर थापा, सचिव अर्थमा धनभक्त बुढा, सहसचिवमा प्रविण कुमार रेग्मी, सहसचिव(महिला)मा माया वली, सहसचिव अर्थमा कल्पना पौडेल र सहसचिव(समावेशी) मा निर्मला यादव चयन भएका हुन् ।

यस्तै सदस्यहरुमा गुरु प्रसाद उपाध्याय, जनकराज उपाध्याय, राधिका मल्ल, शत्रुधन वली, सिता काफ्ले शुवास चन्द काफ्ले, गंगा कुमारी धर्तिमगर, गायत्री भट्टराई, सुनिता चौधरी, विन्द्रा वली, राधेश्याम यादव, दोर्णा वली, लक्ष्मण बहादुर कुवंर, भोजेन्द्र बहादुर बुढाक्षेत्री, सरोज बाबु पंगेनी, टिकाराम आचार्य, प्रमिला हमाल, केशराज खड्का, मिना केसी, अम्बिका कँडेल र वनिता विक चयन भएका हुन् ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ माघ ८ गते आइतबार