Kohalpur Today Header Ads

महायज्ञ एवम् धार्मिक महोत्सवकाे आय व्यय सार्वजनिक




भगवती पोख्रेल, कोहलपुर ।

बाँकेकाे कोहलपुर नगरपालिका-१२ मसुरीखेतमा संचालित श्रीमद भागवत धनधान्यन्चल महायज्ञ एवम् धार्मिक महोत्सव मुल समारोह समितिले आर्थिक आम्दानीको आज एक कार्यक्रमका विच सार्वजनिक गरेको छ ।

ॐ कारेश्वर मन्दिरको भौतिक संरचना निर्माणार्थ गरिएको महायज्ञ पौष २५ देखि माघ ३ गते सम्पन्न गरिएको थियो । महायज्ञ मुल आयोजक समितिका अध्यक्ष भिम खरेलले महायज्ञ सन्चालन निस्वार्थ रुपैया गरिएको, धार्मिक उदेश्यले गरिएको तथा मन्दिरको भौतिक संरचना निर्माणका लागि गरिएकोले समितिले जुन लक्ष्य लिएको हो त्यो पूरा हुने बताए । उनले मन्दिर स्थापना गर्ने देखि महायज्ञ सम्पन्न गर्न अहोरात्र लाग्ने सम्पूर्ण कार्य समिति, उप समिति लगायतलाई धन्यवाद व्यक्त गरे ।

LIfe Ok

साथै मन्दिर व्यवस्थापनको लागि विधान दर्ता समेत भएकोले अबका दिनमा काम गर्ने लाई सजता हुने वताए । अबको ६ महिना भित्र नयाँ कार्यसमिति ल्याएर काम गर्ने वताए ।

महायज्ञमा पाल्नु हुने कोहलपुरका नगर प्रमुख पुर्ण प्रसाद आचार्यले मन्दिर व्यवस्थापन गर्नका लागि सहयोग गर्ने प्रतिवद्दता दिएकोमा हार्दिक धन्यवाद दिए । यसैगरी कार्यक्रममा बोल्दै मन्दिर संरक्षण समितिका सल्लाहकार दयानिधी उपाध्यायले यो नैतिक तथा धार्मिक ज्ञान वेदबाट आएको र वेद कसैले नलेखि भगवानका वाक्य भएकोले धर्म कर्मको कारण विश्वमा जिवित प्राणीको रक्षा भएको तर्क पेश गरे ।

कार्यक्रममा बोल्दै बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका उप प्राध्यापक एकराज शर्माले कोहलपुर वडा नं -१२ पवित्र स्थल भएको, महायज्ञले धार्मिक ज्ञान दिएको, आम कोहलपुर बासिको घरमा मृत्यु भएका पितृको उद्दार भएको, सबैले सुख, शान्ति प्राप्त गर्ने कुरा व्यक्त
गरे । उनले हरेक वडा बासिले महायज्ञ सन्चालन गर्न तथा आर्थिक, भौतिक र मानवीय कार्यको सहयोग एवम् दान गर्न सफल भैइ ईज्जत् कमाएकोले भाग्यमानी भएको वताए ।

कार्यक्रममा कोषाध्यक्ष सुरेन्द्र सापकोटाले आय व्यय प्रस्तुत गर्दै महायज्ञमा जम्मा उठेको रकम, धान तथा चामल विक्री र कलश विक्रीबाट १६ लाख ४१ हजार ६ सय ९७ आम्दानी भएको जसमा जम्मा खर्च ११ लाख १ सय ८० र बैकमा बचत ५ लाख ४१ हजार ५ सय १८ रहेको सार्वजनिक गरेका थिए । उक्त प्रतिवेदन सर्वसम्मत पास गरिएको उप समिति संयोजक लोक बहादुर चन्दले जानकारी दिए । कार्यक्रममा सम्मान समेत गरिए छ ।

महायज्ञमा अहोरात्र खटिएका भिम खरेल, दुर्गालाल वि क, सुरेन्द्र सापकोटा, दयानिधी उपाध्याय, कोहलपुर टुडेका सम्पादक एकराज शर्मा, कोहलपुर टुडे डट कम मिडिया, पत्रकार कृष्ण कुमार शाही, पत्रकार कल्पना कार्की, तेज राज शर्मा, गोपाल सार्की, सुरवीर वि क, स्व राम सिह खड्का, टिका गौतम, नारायण भुसाल, थल बहादुर विक, शान्ति विक, हरि गौतम, सरस्वती गाई फर्म, मसुरी खेत सामुदायिक वन लगायत धेरै जनालाई सम्मान गरिएको थियाे ।

उक्त कार्यक्रमको अध्यक्षता भिम खरेलले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि भने सबै भन्दा बढी दान दिने राम बहादुर शाहीको सुपुत्री आशिका शाही थिन । कार्यक्रमको सन्चालन सचिव दुर्गालाल विकले गरेका थिए । कार्यक्रममा आज भन्डारा समेत गरिएको थियो । उक्त महायज्ञको वाचक रामचन्द्र तिमिल्सिनाको समुहले गरेको थियो ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ माघ ८ गते आइतबार