राप्तीसोनारी अध्यक्ष कप : छात्राछात्र भलिबलमा ९ विद्यालय क्वाटरफाइनलमा प्रवेश




राप्तीसोनारी ।

बाँकेको राप्तीसोनारी गाउँपालिकामा सञ्चालन भइरहेको ‘पन्ध्रौ राष्ट्रिपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता तथा पाँचौ राप्तीसोनारी गाउँपालिका स्तरीय अध्यक्ष कप–२०७९’ प्रतियोगितामा छात्राछात्र गरी ९ विद्यालय क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।

शुक्रबार भएको पहिलो खेलमा छात्र भलिबलतर्फ गणेश माविले शिव शक्तिलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ भने दोस्रो खेलमा अमरज्योति माविलाई हराउँदै जनशक्ति मावि क्वाटर फाइनलमा प्रवेश गरेको हो ।

यस्तै तेस्रो खेलमा सिद्धेश्वर महादेव माविलार्ई हराउँदै चिल्डे«न प्याराडाइज स्कुल क्वाटरफाइनलमा प्रवेश गरेको छ भने चौथो खेलमा दुर्गा भवानीलाई हराउँदै शमशेरगञ्ज ईमी स्कुल क्वारटफाइनलमा प्रवेश गरेका छन । अझै क्वाटरफाइनलमा पुग्नका लागि ४ विद्यालय खेल्न बाँकी रहेको आयोजकले जनाएको छ ।

यस्तै छात्रा भलिबल तर्फको पहिलो खेलमा भुर भवानी माविलाई हराउँदै जनशक्ति मावि क्वाटर फाइनलमा प्र्रवेश गरेको छ भने दुर्गा भवानी माविलाई हराउँदै चिल्ड्रेन प्याराडाइज ईमी क्वारफाइनलमा प्रवेश गरेको हो ।

यस्तै तेस्रो खेलमा शिव शक्ति माविलाई हराउँदै सरस्वती मावि क्वारफाइनलमा प्रवेश गरेको छ भने चौथो खेलमा नेरामावि कुम्भरलाई हराउँदै जनता मावि क्वाटरफालनमा पुगेको छ ।

यस्तै पाँचौ खेलमा नेरामावि सर्रीलाई हराउँदै कुसुमेश्वर मावि क्वाटरफाइनलमा पुगेको छ भने अझै क्वाटर फाइनल पुग्नका लागि ४ वटा विद्यालय खेल्न बाँकी रहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा अध्यक्ष कपका लागि ५१ सामुदायिक र ७ संस्थागत गरी ५८ वटा विद्यालयहरुले खेलकुद प्रतियोगितामा भाग लिएका थिए । प्रतियोगिता माघ ६ गते देखि ९ गते सम्म सञ्चालन हुनेछ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ माघ ८ गते आइतबार