सल्यानी समाज बाँकेको माघ २१ गते वनभोज कार्यक्रम हुने

कोहलपुर ।

सल्यानी समाज बाँकेको माघ २१ गते वनभोज कार्यक्रम हुने भएको छ ।

सल्यानी समाज बाँकेको माघ ६ गते बसेको जिल्ला कार्यसमितिको बैंठकले माघ २१ गते गाभर भ्यालिमा वनभोज कार्यक्रम गर्ने निर्णय भएको अध्यक्ष दशरथ चन्दले जानकारी दिए ।

अध्यक्ष चन्दका अनुसार सल्यानी पूख्र्यौली घर भई व्यापार व्यवसाय जागिर तथा बसाईसराई गरी बाँकेमा बसोबास गर्नेहुने सम्पूर्ण सल्यानीहरुको एकताको केन्द्र सल्यानी समाज सेवा समाज र सल्यानी समाज बाँकेको दुवै समाज एकिकरण भएपश्चात ऐतिहासिक वनभोज कार्यक्रम गर्न लागेको बताए ।

वनभोज कार्यक्रममा बाँकेका ८ वटै पालिकाका कार्यसमितिहरुलाई जानकारी दिइसकेको र जानकारी नपाएका खण्डमा यहिलाई सूचना मानि आउनका लागि अध्इक्ष चन्दले अनुरोध गरेका थिए ।