कोहलपुर नगरपालिकाद्धारा व्यवसायीहरुलाई कर शिक्षा तालिम

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाले व्यवसायीहरुलाई कर शिक्षा तालिम दिएको छ ।

बिहिबारदेखि सुरु भएको कर शिक्षा तालिम आज समापन गरेको छ । कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीले उद्घाटन गरेकी थिइन् । तालिममा आयकर, मुल्य अधिवृद्धि कर भुक्तानी लगायतका बारेमा प्रशिक्षण दिइएको कर अधिकृत हिरानन्द देवकोटाले जानकारी दिएका छन् ।

तालिममा कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकाल, राजस्व शाखाका प्रमुख लक्ष्मी योगी, सहायक पाँचौ पुरुषोतम पोख्रेल, नेपाल घर बहाल संघका उपाध्यक्ष राधा गौतम, कोहलपुर कपडा व्यवसायी संघका महासचिव राजकुमार पौडेल लगायत कोहलपुर क्षेत्रका १ सय ५० जनाको सहभागिता रहेको थियो ।