गम बहादुर डाँगर, खजुरा ।
बाँकेको खजुरा गाउँपालिकामा सञ्चालन भइरहेको पाँचौ अन्तर विद्यालय मेयर कप रनिङ्ग शिल्ड प्रतियोगिता ८ विद्यालय क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।
शुक्रबार भएको माध्यमिक तहको छात्र भलिबलतर्फ जनता नमूना मावि, ज्ञानोदय नमूना मावि, जनकल्यान मावि, अमर मावि, इन्ट्रगेटेड एकेडेमी, योगिनी मावि, शुक्र मावि र गुराँस मावि क्वाटर फाइनलमा पुगेका छन् । पहिलो खेलबाट जनता माविले भूपु सैनिक माविलाई हराउँदै क्वाटर फाइनलमा पुगेको छ भने दोस्रो खेलमा आदर्श माविलाई हराउँदै गुराँस मावि क्वाटर फाइनलमा पुगेको हो ।
यस्तै छात्र भलिबलतर्फ तेस्रो खेलमा भानु माविलाई हराउँदै ज्ञानोदय नमूना मावि क्वाटर फाइनलमा पुगेको छ भने चौथो खेलमा धु्रवतारा माविलाई हराउँदै शुक्र मावि क्वाटर फाइनलमा पुगेको हो ।
यस्तै छात्र भलिबलतर्फ पाँचौ खेलमा जनसेवा माविलाई हराउँदै जनकल्यान मावि क्वाटर फाइनलमा पुगेको छ भने छैठौ खेलमा दिपक ईमीलाई हराउँदै योगिनी मावि क्वाटर फाइनलमा पुगेको हो ।
यस्तै छात्र भलिबलतर्फ सातौ खेलमा अरुणोदय ईमीलाई हराउँदै अमर मावि क्वाटर फाइनलमा पुगेको छ भने आठौ खेलमा जेनिथ ब्रो हाइस्कुललाई हराउँदै इन्ट्रगेटेड एकेडेमी मावि क्वाटर फाइनलमा पुगेको हो ।
छात्रा भलिबल तर्फ १७ विद्यालय सहभागि रहेको सचिवालयका संयाेजक गणेश सापकोटाले कोहलपुर टुडेलाई जानकारी दिएका छन् । प्रतियोगितामा खजुरा गाउँपालिकामा रहेका ६६ विद्यालयहरुले भाग लिएका छन् ।
प्रतियोगितामा माध्यमिकतर्फ एथलेटिक्स, भलिवल र कपड्डी गरी १५ विद्यामा खेल भइरहेको सचिवालयका संयाेजक सापकोटाले जानकारी दिए । प्रतियोगिता माघ ५ देखि १० गते सम्म सञ्चालन हुनेछ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्