राप्तीसोनारीमा खेलाडीलाई प्रोत्साहन गर्न २ लाखको अक्षय कोष स्थापना

राप्तीसोनारी

बाँकेको राप्तीसोनारी गाउँपालिकामा खेलाडिलाई प्रोत्सहान गर्नका लागि २ लाखको अक्षय कोषको स्थापना गरिएको छ । ‘पन्ध्रौ राष्ट्रिपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता तथा पाँचौ राप्तीसोनारी गाउँपालिका स्तरीय अध्यक्ष कप–२०७९’ को उद्घाटन कार्यक्रममा स्व.सञ्जु चौधरीको सम्झनामा खेलाडिलाई प्रोत्सहान गर्नका लागि राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले २ लाखको अक्षय कोषको स्थापना गरिएको हो ।

राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष पौडेलले अक्षय कोषबाट आएको व्याज रकमबाट बार्षिक रुपमा पछि एक कार्यविधि निमार्ण गरी पालिका भित्रका ऐथ्लेटिक्स तर्फका उत्कृष्ट छात्रा खेलाडिलाई पु्रस्कृत गर्ने बताए ।

यस अक्षय कोषमा व्यक्ति तथा संघ-संस्थाहरुले समेत रकम थप गर्ने मिल्ने गरी कोष खडा गरिएको छ ।