समयको भ्रष्टाचार नगर्न कर्मचारीलाई बैजनाथका अध्यक्ष शाहीकाे निर्देशन

बैजनाथ ।

बाँकेको बैजनाथ गाउँपालिका स्थानीय सरकार प्रमुख प्रकाश बहादुर शाहीले बुधबार अचानक कर्मचारीहरुको छट्के अनुगमन चेकजाँच गरेका छन् ।

अनुगमन गरेपछि अध्यक्ष शाहिले कार्यालय समयसिमा भित्र नआउने कर्मचारीहरुलाई कडा निर्देशन सँगै समय भन्दापछि आउने र समय भन्दा पहिला नै कार्यालयबाट निस्कने दुबैखाले कर्मचारीलाई समयको भ्रष्टाचारको संज्ञा दिएका थिए ।

याे पहिलो पटकलाई निर्देशन दिएकाे छु, पुनः दोहोरीएको खण्डमा कारवाही हुने अध्यक्ष शाहिले सम्पुर्ण कर्मचारीहरुलाई निर्देशन दिएकाे  सूचना अधिकृत तप्तराज आचार्यले जानकारी दिए ।

यस्तै केही कर्मचारी समय सिमाभित्र कार्यालयमा अनुपस्थित भएको पाइएको थियो । उपाध्यक्ष निर्मला रोकायले भनिन्, यसरी समय भित्र अनुपस्थित भएर सेवाग्राही लाई दु:ख नदिन निर्देशन गरिएकी छु ।

‘पहिलो पटकलाई कर्मचारीहरुको नाम खुलाएका छैनौं, यदि पुनः यस्तो गरेमा आगामी दिनमा नाम सहित सार्बजनिक गरेर सूचना नै जारी गर्ने र समय पनि भ्रष्टाचार हो  ।’ त्यसैले जो सुकै कर्मचारी भएपनि कारवाही गरिने उपाध्यक्ष रोकायले बताइन् ।