बिबस रसाइली, दाङ ।
दाङको दंगीशरण गाउँपालिका-३ को आयोजनामा खेलाडीहरुलाइ खेलकुद सामाग्री वितरण गरिएको छ ।
बिहीबार दंगीशरण गाउँपालिका -३ का वडा अध्यक्ष शुकलाल चौधरीको सभापतित्वमा गाउँपालिकाका अध्यक्ष शम्भु गिरीको प्रमुख अथिति र जिल्ला समन्वय समितिका सदस्य टोपाराम चौधरीको विशिष्टमा खेलकुद का सामाग्री वितरण गरिएको हो ।
खेलकुद वितरण गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले खेलाडी देशका गहना र आजका कर्णधार रहेकाले खेल क्षेत्रको विकास र खेलाडीको उत्पादनका लागि आफुले अध्यक्ष कपको शुरुवात गरेको बताए । कार्यक्रमको सहजीकरण-३ का वडा सदस्य लक्ष्मणदाश चौधरीले गरे ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्