कोहलपुरमा मतदाता नामावली बनाउन राती १२ बजेदेखि लाइनमा (फोटो फिचर)

कोहलपुर ।

बाँकेको कोहलपुरमा मतदाता नामावली बनाउन राती १२ बजेदेखि लाइनमा छन् । कोहलपुरमा दुई दिनदेखि शित लहर चलिरहेको बेलामा कोहलपुर मतादाता नामावली बनाउन राती १२ बजेदेखि लाइमा लागेका हुन् ।

यस्तै लाइनमा लागेकी राप्तीसोनारी गाउँपालिका ढकेरीका मेनुका थारुले राती १२ बजेदेखि लाइमा लागि रहेको छु तर कति बेला पालो आउने हो थाहा नभएको बताइन् । ‘आज तीन दिन भयो यसरी लाइन लाग्न थालेको’ उनले भनीन्, तर राजनितिक कोटा सिस्टम छ मेरो पालो कति बेला आउने हो थाहा छैन ।’ चिसोमा बर्को ओढेर बसेकी थिइन् उनको हातखुट्टा काप्दै थियो । उनले दुःखका साथ यो समस्या कोहलपुरमा मात्र हो की अन्य जिल्लामा पनि छ उनले प्रश्न गरिन् ।

यस्तै बैजनाथ गाउँपालिका वडा नम्बर ५ का स्थानीय सपना कुमारी परियारले राती २ बजेदेखि लाइनमा बसेको बताइन् । ‘एक दिनमा एक सय मात्रको मतदाता नामावली बनाउने रहेछन्, उनले भनीन्, ‘विहान ९ बजे मात्र निर्वाचनका कर्मचारीहरु आउने गर्दछन् ।’ सो समयमा कुपन लिएमा मतदाता नामावली बन्छ नत्र भने फेरी अर्को दिन यसै गरी आउनुपर्छ ।

हामी कति दिन यसै गरेर आउने उनले पनि प्रश्न गरिन् । अन्य लाइनमा उपस्थित रहेका धेरै जनाले चिसोको कारणले अर्को समस्या आउने हो भन्ने चिन्त बढेको बताएका थिए । कोहलपुर इलाका प्रशासनमा कोहलपुर बैजनाथ, राप्तीसोनारीका बासिन्दाहरुको मतदाता नामावली बनाउने काम  गर्दछ ।

यस्तै जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख खुमप्रसाद सुवेदीले निर्वाचन घोषणा नहुँदासम्म बनाउन समय रहेको छ । ‘हामीले कोहलपुरमा विहान १० बजेदेखि ४ बजेसम्म कार्यालय समयमा मात्र नामावली बनाउने गरेका छौं, तर हामीले राती १२ बजेदेखि लाइनमा राख्ने भनेका होइनौं उनले भने ।’