१३ लाख ५० हजार रकम संकलन गरि महायज्ञ सम्पन्न

कृष्ण कुमार शाही, कोहलपुर

कोहलपुर नगरपालिका वडा नं -१२ मसुरी खेतमा भइरहेको श्रीमद भागवत धनधान्यन्चल महायज्ञको आज समापन भएको छ । तर यति ठूलो महायज्ञको औपचारिक समापन कार्यक्रम भने मुल आयोजना समितिले गर्न सकेन ।

उक्त महायज्ञमा १३ लाख पचास हजार रुपैया नगद, अन्दाजी २० कुईन्टल धान, ५ कुईन्टल चामल संकलन भएको मुल आयोजक समितीका अध्यक्ष भिम खरेलले जानकारी दिए । महायज्ञमा  हजारौं दर्शालु भक्तजनको उपस्थित रहेको मिडिया संयोजक एकराज शर्माले वताए । संकलन भएको रकम बाट ॐ कारेश्वर मन्दिरको भौतिक संरचना निर्माण गर्ने उदेश्य रहेकोले मुल समिती बसेर हिसाबको सार्वजनिक गर्ने कोषाध्यक्ष सुरेन्द्र सापकोटाले जानकारी दिए ।

श्री ॐ कारेश्वर मन्दिरको भौतिक संरचना निर्माणार्थ संचालित श्रीमद भागवत सप्ताह धनधान्यन्चल ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवको आयोजना गरिएको हो । महायज्ञको अन्तिम दिन १ जनाले तुलादान गरे भने कोहलपुर -१२ निवासी नर्मता भट्टराईको विवाह गरिएको थियो भने व्रतबन्धको कार्यक्रम पनि भएको थियो ।

सप्ताह ज्ञान महायज्ञको वाचक पन्डित श्री रामचन्द्र तिमिल्सिना, उप वाचकहरु द्वय विस्णु प्रसाद तिमिल्सिना र हरिचन्द्र तिमिल्सिना रहेका थिए सहित कलाकारहरु रहेका थिए । मुल आयोजक समितिले औपचारिक समापन नगर्नु कमजोरी रहेको स्थानीयको गुनासो रहेको थियो ।