आज आठौं दिन सम्म सबै भन्दा बढि दान गर्ने दाता कोहलपुर -१२ निवासी राम बहादुर शाही

प्रदिप कुमाई, कोहलपुर ।                                        कोहलपुर नगरपालिका वडा नं -१२ मसुरी खेतमा भइरहेको श्रीमद भागवत धनधान्यन्चल महायज्ञको आज आठौं दिन ४ लाख रकम संकलन भएको छ । आठौं दिनमा दान दिनेदाताहरुको घुईचो लागेको छ भने हजारौं भक्तजनकोले दैनिक पुजा अर्चन गरेका छ्न । दान गर्ने दाताहरुको लागि मन खोलेर दान गर्न महायज्ञ संचालन समितिले वताएको छ । उक्त श्रीमद भागवत धनधान्यन्चल महायज्ञमा मध्यपश्चिम विश्वविद्याल बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर पाठ्यक्रम तथा मूल्याङकन विभागका विभागीय प्रमुख एकराज शर्मा र उहाँकि धर्मपत्नी त्रिपूरा शर्माले आफ्नो स्व. हजुरबुबा केशरलाल उपाध्याय, हजुर आमा तुलसा उपाध्यायको स्वर्ग मोक्ष प्राप्तिको कामना गर्दै, छोरा रोमर्स उपाध्याय, छोरी रेनेशा उपाध्यायको मनोकांक्षा एवम् दिर्घायु र विद्या प्राप्तिको कामना, बाबा नन्द कुमार शर्मा आचार्य, आमा केवला आचार्यको दिर्घायुको कामना र बहिनी भगवती पोख्रेल, जुवाई नवराज भन्डारी, भान्जा निबेश भन्डारीको दिर्घायु तथा विद्या प्राप्तिको कामना, मनोकामना पूरा होस भन्दौ र सम्पूर्ण आफ्न्तजनको राम्रो होस भन्दै उक्त महायज्ञमा ११, ५५५ रुपैयाँ दान गरेका छ्न । शर्माको घर परिवारबाट जम्मा रकम ४६ हजार दान जम्मा भएको मुल आयोजक समितिका अध्यक्ष भिम प्रसाद खरेलले जानकारी दिए । महायज्ञमा शर्माका दाजु कोहलपुर -१२ निवासी तेजराज शर्माले २७, ९९६ दान दिएका छ्न । उनी दान गर्नेहरु मध्ये दोस्रो दाता भएका छ्न । बढी दान गर्ने दातालाई कार्यक्रमको प्रमुख अतिथिका रुपमा राख्ने घोषणा समेत गरेको मिडिया संयोजक एकराज शर्माले वताए । महायज्ञमा हाल सम्मकै सर्वश्रेष्ठ दाताको रूपमा कोहलपुर वडा नं १२ निवासी राम बहादुर शाही भएका छ्न । उनले उक्त महायज्ञना रु ५६,०५५। रुपैयाँ दान गरेका छ्न । उनले आज सम्म बढी रकम दान गरी सबैभन्दा बढी दान गर्ने दाता बनेका हुन् । आठौं दिन सोमबार मात्र करिव ४ लाख रकम संकलन भएको अध्यक्ष भिम खरेलले वताए । उक्त महायज्ञमा आज कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्य, प्रमुख प्रसासकिय अधिकृत टिकाराम ढकाल, वडा नं -१२ का वडा अध्यक्ष विरेन्द्र कुमार शाह लगाय्को उपस्थिति रहेको थियो । उनीहरले पनि दान गरेको खरेलले जानकारी दिए । कोहलपुर नगरपालिका वडा नं १२ मसुरी खेतमा महायज्ञ सन्चालनको उदेश्य भनेको मसुरी खेतको श्री ॐ कारेश्वर मन्दिरको भौतिक संरचना निर्माणार्थ संचालित श्रीमद भागवत सप्ताह धनधान्यन्चल ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवको आयोजना गरिएको हो । सप्ताह ज्ञान महायज्ञको वाचक पन्डित श्री रामचन्द्र तिमिल्सिना, उप वाचकहरु द्वय विस्णु प्रसाद तिमिल्सिना र हरिचन्द्र तिमिल्सिना रहेका छ्न । उक्त महायज्ञमा शिलालेख लेख्नका लागि १०००१ माथी दान गर्न सकिन्छ । उक्त महायज्ञमा १००० सम्मको दान लाई नाम वाचन सहित टीका प्रसाद, १००१ देखि ३५०० सम्म प्रमाणपत्र र माथिको सबै, ३५०१ देखि १०००० सम्म चक्लेटी फ्रेममा प्रमाणपत्र र रामनामीले सम्मान र माथिको सबै, १०००१ देखि २०००० सम्म गोल्डेन फ्रेममा प्रमाणपत्र सहित माथिको सबै ३५००० देखि ५०००० सम्म डब्ल कभर सहितको फ्रेममा प्रमाणपत्र सहित फुल माला सहित मन्दिर परिक्रमा र सो भन्दा माथी माथिका सबै सहित कोहलपुर चौराह परिक्रमा पन्चेवाजा सहित सम्मान गर्ने कार्यक्रम रहेको खरेलले जानकारी दिए । उक्त महायज्ञमा तुलादान, चौरासी पुजा ब्रतबन्ध , पुजा आजा पनि निश्चित पैसा तिरेर गर्न सकिने वताए । जसमा क्रमश ११ हजार, ८००० र ५००० रकम दान दिएमा गर्न सकिने र भोलि -११ बजेदेखि औपचारिक रुपमा महायज्ञको समापन हुने मुल आयोजक समितिका सदस्य सुरेन्द्र सापकोटाले जानकारी दिए ।