Kohalpur Today Header Ads

व्रिज इन्टरनेशनल स्कुलद्धारा दोस्रो संस्थापक दिवस मनाइयो




प्रदिप कुमाई, कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका-५ मा रहेको व्रिज इन्टरनेशनल स्कुलद्धारा दोस्रो संस्थापक दिवस मनाएको छ । शनिबार कोहलपुर नगरपालिका सामाजिक विकास संयोजक ईश्वरी प्रसाद विश्वकर्माले दोस्रो संस्थापक दिवसको उद्घाटन गरेका थिए ।

उदघाटन गर्दै विश्वकर्माले कोहलपुरमा शैक्षिक हव बनाउन संस्थागत विद्यालयको महत्वपूर्ण भूमिका रहेको बताए । कोहलपुर नगरपालिकाले राखेको लक्ष्य पुरा गर्नका लागि सबैको साथ सहयोगको आवश्यकता रहेको उनको भनाई थियो ।

LIfe Ok

यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव कुमार पौडेलले पढाईसंगसंगै अतिरिक्त क्रियाकलाप पनि आवश्यक रहेको भन्दै कितावी ज्ञान भन्दा बाहिरको व्यवहारिक ज्ञान उपलब्ध गराउने उद्देश्यले दोस्रो संस्थापक दिवस मनाइएको बताए ।

यस्तै कार्यक्रममा आ.व. २०७८ सालमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान, विभिन्न भेषभूषामा सास्कृतिक कार्यक्रम, विद्यार्थीहरु बनाएका विज्ञान सामाग्री प्रदर्शनी, विद्यार्थीले बनाएका खानाका परिकारहरुका स्टलहरु मार्चपास, अभिभावकहरुलाई मनोरञ्जका लागि कुर्सी दौड खेल र डोरी तान्ने खेल गरिएको थियो ।

कार्यक्रममा जिल्ला विकास समिति बाँकेकी उपप्रमुख सिता कार्की, उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य चक्र अधिकारी, वागेश्वरी बहुमुखी क्याम्पसका प्रमुख दान बहादुर हमाल, कोहलपुर नगरपालिका शिक्षा शाखा शिक्षा अधिकृत रविलाल मिजार लगायत उपस्थित रहेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ माघ १ गते आइतबार