Kohalpur Today Header Ads

कोहलपुरमा पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिद्धारा बार्षिक समिक्षा




कोहलपुर ।

कोहलपुर नगरपालिकामा पोषण तथा खाद्य सुरक्षा निर्देशन समितिले बार्षिक समिक्षा गरेको छ । मानव विकासमा कृपोषण अवरोधको रुपमा नरहोस् भन्ने बहुक्षेत्रीय पोषण योजनाको रुपमा मातृ, शिशु तथा किशोरकिशोरीको पोषण स्थतिमा सुधार ल्याउन शुक्रबार बार्षिक समिक्षा बैंठक गरिएको हो ।

नगर प्रमुख पूर्ण प्रसाद आचार्य, उपप्रमुख संगिता सुवेदी, प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकाल, वडा अध्यक्ष र सदस्यहरुको सहभागितामा २०७८ चैत्र २४ र २५ गते प्रतिबद्धता पत्र तयार गरीएको थियो ।

LIfe Ok

सो प्रतिबद्धता पत्रमा कोहलपुर नगरपालिकाले ९० प्रतिशत काम गरेको र बाँकी १० प्रतिशत रहेको सुआहारा कार्यक्रमका बरिष्ठ विज्ञ विकास रोकायले बताए । उहाँहरुले स्वास्थ्य तथा पोषणका लागि स्थानीय निति, कृषि तथा पशुका लागि स्थानीय निति, खानेपानी र सरसफाई तथा स्वच्छता सम्बन्धी निति, महिला तथा बालबालि सम्बन्धी निति, शिक्षा सम्बन्धी निति सम्बन्धी करिब ६० वटा बुँदाहरुमा आफ्ना प्रतिबद्धता पत्र तयार गर्नुभएको थियो सोही अनुरुप आजसम्म ९० प्रतिशत काम सम्पन्न भइसकेको तथ्थांक प्रस्तुत गरेका थिए । कोहलपुर नगरपालिकामा २० वटा सूचकका आधारमा प्रतिबद्धता पत्र तयार भएको उनको भनाई थियो ।

कोहलपुर नगरपालिकाले ‘दीर्घकालिन सोच सहित आवद्यिक योजना निर्माण गरी अगाडी बढौंं, दीगो विकासका लागि सुनौला १००० दिनका महिला, आमा र बालबालिकामा लगानी गरौं” भन्ने मूल नाराका साथ अगाडि बढिरहेको कोहलपुर नगरपालिका प्रमुख आचार्यले बताए ।

नगरका सबै विषयगत शाखाका प्रमुखहरूले समेत प्रगति प्रतिवेदन प्रस्तुत गरिएकाे थियाे ।

बार्षिक समिक्षा बैंठकमा नगर प्रमुख पूर्ण प्रसाद आचार्य, उपप्रमुख संगिता सुवेदी, प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकाल, वडा अध्यक्ष र सदस्यहरुको सहभागितामा रहेकाे थियाे ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ पुस २९ गते शुक्रबार