चन्द्रज्योति सानिमा कृषि सहकारीको १४ औ साधारण सभा सम्पन्न

कृष्ण कुमार शाही, कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका ११ मा रहेको चन्द्रज्योति सानिमा कृषि सहकारी संस्थाको १४औं साधारण सभा सम्पन्न भएको छ । मंगलबार सहकारी दर्ता लुम्बिनी प्रदेशका प्रमुख भिम प्रसाद तिवारीले उद्घाटन गरेका थिए ।

उद्घाटनको क्रममा बोल्दै भिम प्रसाद तिवारीले सहकारीको मर्म र सिद्धान्तमा रहेर काम गर्ने अनुरोध गरेका थिए । ‘सहकारीले उत्पादनमा जोड दिनुपर्छ’ उनले भने, ‘त्यसको लागि नेपाल सरकारले समेत अनुदानका कार्यक्रम ल्याउने गरेको छ ।’ सहकारीले बैदेशिक रोजगारीमा जाने युवाहरुलाई भन्दा स्वदेशमै केही उत्पादन गरी स्वरोजगार बनाउने उद्देश्यका साथ अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।

यस्तै कोहलपुर नगरपालिका वडा नं. ११ की अध्यक्ष कल्पना अधिकारीले स्वदेशमै उत्पादन भएको बस्तुलाई बजारीकरण गर्न सहजिकरण गर्ने बताइन् । ‘खुल्ला सिमा नाका भएका कारणले गर्दा स्वदेशमा उत्पादन भएको बस्तु विक्रि वितरण भइरहेको छैन’ उनले भने, ‘तर अन्य देशबाट ल्याइएको बस्तुहरुलाई हामीले बन्देज गर्ने तर्फ अग्रसर भएका छौं ।’ अहिले पनि कृषि बजार समिति र जनप्रतिनिधिहरुले खुल्ला सिमा नाकाबाट आएका विलविजक नभएका व्यक्ति तथा गाडिहरुलाई रोक्ने अभियान सुरु गरिसकेको बताइन् ।

यस्तै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण राज पौडेलका अनुसार सहकारीले उत्पादन गर्ने सिकाउने हो तर दोकान थाप्ने होइन । तर बाँकेका धेरै सहकारीहरुले दोकान थापेका छन् । सहकारीले दोकान थाप्ने भएपछि व्यवसायीको अवश्यकता किन ? उनले प्रश्न गरेका थिए ।

यस्तै सहकारीकी अध्यक्ष दिल कुमारी वि.क.ले सहकारीले गरेका कामको प्रगति विवरण सहित १६ बुँदे भावि योजना समेत प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । यस्तै सहकारीका लेखा समितिका संयोजक उपेन्द्र विष्टले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम सञ्चालन सहकारीका सचिव यज्ञ बहादुर महराले गरेका थिए भने स्वागत मन्तव्य दोर्ण बहादुर शाहीले राखेका थिए ।

यस्तै कार्यक्रममा पुजा शर्मा, राज कुमार शाही, भुवन थारु, प्रेम ब. सुनार, कृष्ण प्रसाद श्रेष्ठ, लक्ष्मी जैसीड.सि., सुदिप के.सी.बेल.सलामी, मिना सुवेदी, सरस्वती चौधरी, हरिकला शर्मा, खगिसरा थापा, मनिशा राना, कल्पना जि.सी., प्रकाश वली, राजकुमार चौधरी, साजा जनक कुंवर, दिपक चन्द आचार्य, राम प्रसाद आचार्य, राम प्रसाद भट्टराई, तिला शाही, कुमा अधिकारी र प्रकाश भुषाललाई समेत सम्मान गरेको थियो ।