पृथ्वी जयन्तीको अवसरमा प्राज्ञिक विद्यार्थीद्धारा दिप प्रज्वलन

कोहलपुर ।

बाँकेको कोहलपुरमा पृथ्वी जयन्तीको अवसरमा प्राज्ञिक विद्यार्थी परिषद कोहलपुर नगर कमिटिले दिप प्रज्वलन गरेको छ ।

मंगलबार मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर, कोहलपुर मोडेल कलेज कोहलपुर र न्यु बागेश्वरी एकेडेमी कलेजका विद्यार्थीहरुले पृथ्वी जयन्तीको अवसरमा कोहलपुरको न्यूरोडमा दिप प्रज्वलन गरेका हुन् ।

दिप प्रज्वलन कार्यक्रममा वागेश्वरी बहुमुखी क्याम्पस पाठ्यक्रम तथा मूल्याङकन विभागका विभागीय प्रमुख एवम् प्राज्ञिक विद्यार्थी परिषद बागेश्वरी क्याम्पसका अध्यक्ष एकराज शर्माले दिप प्रज्वलन गरि उदघाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै एकराज शर्माले ३०१ औ पृथ्वी जयन्तीको अवसरमा उहाँको स्मरण गरेका थिए । ‘नेपालको पृथ्वीनारायण शाहले नेपालको एकीकरण मात्र गरेनन् कि नेपाल र नेपालीलाई दिव्य उपदेश समेत दिएका छन् उनले भने, ‘नेपालमा चारवर्ण छतिस जातको साझा फूलबारी भएकोले सबैले एक अर्काको सम्मान, पारस्परिक सम्बन्ध र नेपाल देशको रक्षा गर्नुपर्छ ।’

पृथ्वीनारायण शाह रामायण, महाभारत, शुक्रनीतिको राम्रो ज्ञान भएका राजा हुन् । उनीसंग धनुवाण, तरबार, घोडसवारी र दौडमा राम्रो दखल थियो । उनले गोर्खा राज्यबाट काठमाडौं राज्यको आक्रमण गर्ने योजना बनाई अगाडि बढेका थिए ।

काठमाडौ उपत्यकाको लडाईमा सफलता हांसिल गरि तत्कालीन समयमा नेपालमा भएका टुक्रा राज्य बाईसे र चौविसे राज्यलाई एकीकरण गरि सिगो नेपाल बनाएकाले उनलाई राष्ट्रपिता मानिएको शर्माको भनाई थियो ।

कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषदका केन्द्रिय सदस्य भिम रोकायले पृथ्वीनारायण शाहको स्मरण गदै आजको यो कार्यक्रम देशव्यापी गरिएको वताए । उनले हरेक वर्ष पृथ्वीजयन्ती मनाउदै आइरहेको बताए । कार्यक्रममा परिषदका पुर्व केन्द्रिय सचिव प्रकाश शर्माले पृथ्वी जन्तिको शुभकामना दिएका थिए ।

प्राज्ञिक विद्यार्थी परिषद बागेश्वरी बहुमुखी क्याम्पसका संयोजक नबराज विक, परिषदका लुम्बिनी प्रदेश सदस्य चन्द्र पंगाली, संगिता रोकाय, देवि रेग्मी लगायत परिषदका पदाधिकारीहरु, सर्वसाधारण व्यक्तिहरु, सुरक्षाकर्मी, सन्चारकर्मीको बाक्लो उपस्थित रहेको थियो ।

कार्यक्रमको सन्चालन प्राज्ञिक विद्यार्थी परिषद सुदुरपश्चिम प्रदेश सचिव जनता रैकाले गरेकी थिइन् ।