पञ्चमुखी ईमी स्कुल राष्ट्रिय लोक नृत्य प्रतियोगितामा जिल्ला, प्रदेश हुँदै देशकै प्रथम

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका-५ मा रहेको पञ्चमुखी ईमी सेकेन्डरी स्कुलले राष्ट्रिय लोक नृत्य प्रतियोगितामा प्रथम स्थान हासिल गरेको छ । नेशनल प्याब्सनको २५ औ स्थापना दिवसको अवसरमा गरिएको राष्ट्रिय लोक नृत्य प्रतियोगितामा जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरमा समेत प्रथम स्थान हासिल गरेको छ ।

पञ्चमुखी ईमी स्कुलका एमडि किशोर राज मल्लसंग कोहलपुर टुडेसंग कुराकानी गर्दै उनले भने, ‘जिल्ला, प्रदेश हँुदै राष्ट्रिय स्तरमा प्रथम स्थान हासिल गर्न सफल भएकोमा सम्पूर्ण सहभागि बालबालिका, अभिभावक र विद्यालय परिवार साथै सुभचिन्तकलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।’ विद्यालयमा निरन्तर विभिन्न शैक्षिक क्रियाकलाप र मनोरञ्जन सहित अध्ययन अध्ययापन भएका कारणले आज देशकै उत्कृष्ट नाच प्रदर्शन गरी प्रथम स्थान ल्याएकोमा उनले निकै खुसी व्यक्त गरे ।

यस्तै प्रतियोगितामा २ जना छात्र र १२ जना छात्रा सहभागि रहेको विद्यालयका प्रिन्सिपल डिल्लीराज घिमिरेले जानकारी दिए । नेशनल प्याब्सनको २५ औ स्थापना दिवसको अवसरमा जिल्लामा पौष २ गते, प्रदेशमा पौष ९ गते र केन्द्रमा २७ गते भएको लोक नृत्य प्रतियोगितामा प्रथम स्थान ल्याउन सफल भएका छन् ।