लोसपाले पनि सरकारलाई विश्वासको मत दिने

sf7df8f}F, @( dªl;/M nf]stflGqs ;dfhjfbL kf6L{sf cWoIf dxGy 7fs'/ /fli6«o ;dfrf/ ;ldlt -/f;;_ ;Fu s'/f ug{'x'Fb} . tl:a/M /Tg >]i7÷/f;;

काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले विश्वासको मत दिने भएको छ। संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत निर्णय गरेको हो ।

सांसद शरदसिंह भण्डारीका अनुसार पार्टीको केन्द्रीय कार्यकारिणी समितिले अध्यक्ष महन्थ ठाकुरलाई विश्वासको मत दिने/नदिने विषयमा निर्णय गर्ने अधिकार दिएको थियो।

‘संसदीय दल बैठकको सुझावका आधारमा अध्यक्ष ठाकुरले विश्वासको मत दिने निर्णय गर्नुभएको हो,’ उनले भने, ‘संविधानमा भएका त्रुटिहरूलाई हटाउँदै संविधान कार्यान्वयन गर्ने जिम्मेवारी पनि यही संसद्को भएकाले विश्वासको मत दिने निर्णय भएको हो ।