कोहलपुर ।
नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा बैजनाथ गाउँपालिका २ डिगियाका कर्ण बहादुर रोकायलाई सिरिन्ज लगाउँदा मृत्यु भएको छ ।
बैजनाथ गाउँपालिका १ चिसापानीमा आइतबार साँझ सडक दुर्घटनामा परी समान्य ओट काटिएको थियो तर उनको उपचारको लागि मेडिकल कलेज कोहलपुरमा आएका उनको रगत रोक्नका लागि लगाइएको सिरिन्जका कारणले गर्दा उनको मृत्यु भएको हो ।
मृतकका आफ्न्त दिपक कार्कीले कोहलपुर टुडेसंग कुराकानी गर्दै भने, मेडिकल कलेजमा आइतबार साँझ हिडेर आउनुभएको थियो, म संगै थिए ।’ ‘ओटमा समान्य चोट लागेको थियो, रगत बगिरहेको थियो उनले थपे, रगत रोक्न डाक्टरले सुई लगाउन वित्तिकै रोकायको मृत्यु भएको थियो ।’
अहिले आफन्तहरुले आन्दोलन गरिरहेका छन् । रोकायलाई आपतकालिन सेवामा रिसिन्ज लगाइएको थियो । मेडिकल कलेजले सोमबार राती करिब २ बजेतिर मात्र मृत घोषणा गरेको थियो । अहिले ठुलाे मात्रामा प्रहरी परिचालन गरिएकाे छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्