मेडिकल कलेज कोहलपुरमा डाक्टरकाे लापरवाही : सिरिन्ज लगाउँदा बैजनाथका रोकायको मृत्यु

कोहलपुर ।

नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा बैजनाथ गाउँपालिका २ डिगियाका कर्ण बहादुर रोकायलाई सिरिन्ज लगाउँदा मृत्यु भएको छ ।

बैजनाथ गाउँपालिका १ चिसापानीमा आइतबार साँझ सडक दुर्घटनामा परी समान्य ओट काटिएको थियो तर उनको उपचारको लागि मेडिकल कलेज कोहलपुरमा आएका उनको रगत रोक्नका लागि लगाइएको सिरिन्जका कारणले गर्दा उनको मृत्यु भएको हो ।

मृतकका आफ्न्त दिपक कार्कीले कोहलपुर टुडेसंग कुराकानी गर्दै भने, मेडिकल कलेजमा आइतबार साँझ हिडेर आउनुभएको थियो, म संगै थिए ।’ ‘ओटमा समान्य चोट लागेको थियो, रगत बगिरहेको थियो उनले थपे, रगत रोक्न डाक्टरले सुई लगाउन वित्तिकै रोकायको मृत्यु भएको थियो ।’

अहिले आफन्तहरुले आन्दोलन गरिरहेका छन् । रोकायलाई आपतकालिन सेवामा रिसिन्ज लगाइएको थियो । मेडिकल कलेजले सोमबार राती करिब २ बजेतिर मात्र मृत घोषणा गरेको थियो । अहिले ठुलाे  मात्रामा प्रहरी परिचालन गरिएकाे छ ।