बाँसगढी पिपलबोट सहकारीकाे अध्यक्षमा रामचन्द्र अधिकारी सर्वसम्मत

रावन विश्वकर्मा, बर्दिया ।

बाँसगढी पिपल बोट बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा रामचन्द्र अधिकारी चयन हुनु भएको छ ।

बाँसगढी पिपलबोट बचत तथा ऋण सहकारी संस्थाको १३ औँ बार्षिक साधारण सभाबाट आर.के स्टोल बाँसगढीका रामचन्द्र अधिकारीको अध्यक्षतामा ११ सदसिय नयाँ कार्य समिति सर्वसम्मत चयन गरिएको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा नारायण प्रसाद पौडेल, सचिवमा धन वहादुर बुढा, कोषाध्यक्षमा बद्रीनाथ बराललाई साधारणले सर्वसम्मत चयन गरेको हो ।

त्यस्तै कार्य समिति सदस्यहरुमा सरस्वती तिमिल्सेना, देबीमाया बस्याल, विजया कुमारी शर्मा, तिलनाथ शर्मा, भोजराज शर्मा, विष्णु ढकाल र रामफल थारु चयन हुनु भएको छ । साधारण सभा मार्फत लेखा समिति संयोजकमा सन्तोष कुमार रेम्मीलाई चयन गरिएको छ भने सदस्यहरुमा युगपति पौडेल र भगवानदिन पोख्रेललाई चयन गरिएको छ ।

संस्थाको सञ्चालक समिति चयनका लागि नेरा मावि बाँसगढीका प्रधानाध्यापक निराजन चपागाँई संयोजक, समाजसेवी गोविन्द्र प्रसाद रेग्मी र भक्त बहादुर केसी सदस्य रहेको निर्वाचन समितिले सहजिकरण गरेको थियो ।

साधारण सभाले सर्वसम्मत चयन गरिएका पदाधिकारीहरुको नाम निर्वाचन समितिका संयोजक निराजन चापागाँईले घोषणा गर्नुभएको थियो । घोषणा कार्यक्रममा नयाँ कार्यसमितिलाई बाँसगढी नगरपालिकाका नगर प्रमुख सालिकराम अधिकारीले बधाई तथा शुभकामना समेत दिनुभएको थियो ।