रेडक्रस कोहलपुरद्धारा कोहलपुर टुडेलाई उत्कृष्ट पत्रिका वर्ष पुरस्कार

कृष्ण शाही, कोहलपुर

रेडक्रस सोसाइटी कोहलपुर उपशाखाको १८औं उपशाखा सभा तथा पाँचौ साधारण सभामा कोहलपुर टुडेलाई उत्कृष्ट पत्रिका वर्षको पुरस्कार प्रदान गरेको छ । स्थापना भएको एक वर्षको समयमा यस मिडियाले समाजमा भएका गतिविधि र रेडक्रस सोसाइटी कोहलपुर उपशाखाले गरेका गतिविधिलाई सत्य तथ्य सूचना प्रवाह गरी आम मानिसहरुलार्ई जानकारी गराएको भन्दै उत्कृष्ट पत्रिका वर्षको पुरस्कार प्रदान गरिएको सभापति नारायण प्रसाद गौडेलले वताए ।

यस्तै कार्यक्रममा कोहलपुर टुडेका सम्पादक एकराज शर्मालाई कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्य, सभापति नारायण प्रसाद गौडेल र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाँकेका सभापति नारायण प्रसाद गौडेलले संयुक्त रुपमा सम्मान गरेका हुन् ।

 

यस्तै कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्य, उपप्रमुख संगिता सुवेदी, प्रमुख प्रसासकिय अधिकृत टिकाराम ढकाल, कोहलपुर नगरपालिकाका वडा नं १ देखि १५ वडा अध्यक्षहरु, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख ऐन बहादुर मल्ल, इलाका प्रसासन कार्यालयका प्रमुख कांशी पंगेनी सम्मान गरिएको थियो ।

यस्तै तारादेवी भुसाल, उज्वल सापकोटा, पुर्वकार्य समिति सदस्य दुर्गा वास्तोला, उत्कृष्ट स्वयंसेवक मेवालाल थारु, नेपाल टेलिभिजन कोहलपुर, जिल्ला ट्राफिक कार्यालय कोहलपुर, पवन कुमार थारु नेपाल टेलिभिजन कोहलपुर, साहारा टिभिका सञ्चालक हिमांशु शाही, जिल्ला ट्राफिक कार्यालय कोहलपुर, पवन कुमार थारु, यम बाहादुर गैरे र शिवध्वज शाहीलाई सम्मान गरिएको थियो ।