खजुरा ।
बाँकेमा रहेका संस्थागत विद्यालयहरुमा शिक्षक तथा कर्मचारीहरुको न्यून पारिश्रमिक सम्बन्धी समस्या न्यूनिकरण गर्न सरोकारवालासंग अन्तक्रिया कार्यक्रम गरेको छ ।
शनिबार श्रम तथा रोजगार कार्यालय नेपालगञ्ज बाँकेमा भएको अन्तक्रिया कार्यक्रममा संस्थागत विद्यालयहरुमा शिक्षक तथा कर्मचारीहरुको न्यून पारिश्रमिक सम्बन्धी समस्या न्यूनिकरण गर्न सरोकारवालासंग अन्तक्रिया गरिएको हो ।
यस्तै श्रम तथा रोजगार कार्यालय बाँकेका प्रमुख रुद्र नारायण शाहले पारिश्रमिक सम्बन्धी नेपालको संविधान, ऐन, नियम भएका विषयहरुलाई पूर्ण रुपमा कार्यन्वयन गर्नुपर्ने जोड दिएका थिए ।
यस्तै संस्थागत विद्यालय शिक्षक यूनियन केन्द्रिय उपाध्यक्ष उमेश सापकोटाले नेपाल सरकारले ताेकिएको न्यूनतम पारिश्रमिक पाउनुपर्नेमा जोड दिएका थिए ।
यस्तै संस्थागत विद्यालय शिक्षक यूनियनका केन्द्रिय सदस्य बामदेव ओली, संस्थागत विद्यालय शिक्षक यूनियनका बाँकेका अध्यक्ष गम बहादुर डाँगर, संस्थागत विद्यालय शिक्षक यूनियनका बैजनाथ अध्यक्ष रामलाल देवकोटा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन लोकेन्द्र डिसीले गरेका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्