कृष्ण कुमार शाही, काेहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका वडा नं. १ ले १ सय १० जनालाई न्यानो कपडा सहित ७० बर्ष माथिका जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।
शुक्रबार कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्य र कोहलपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष बद्रि प्रसाद जैसीले संयुक्त रुपमा १ सय १० जनालाई न्यानो कपडा सहित ७० बर्ष माथिका जेष्ठ नागरिकलाई सम्मान गरेका थिए ।सो कार्यक्रममा गंगा कामीले स्वागत मन्तव्य राखेकी थिइन् ।

यस्तै कार्यक्रममा बोल्दै नगर प्रमुख आचार्यले चिसोबाट बच्न र स्वास्थ्यको ख्याल गर्नुपर्ने र दिर्घायुको कामना गरेका थिए ।
उनका अनुसार प्रत्येक वडामा धार्मिक मठ, मन्दिरको निमार्ण गरी परिचित भएका वृद्धाहरुलाई रमाइलो गर्नको लागि आश्रय स्थल वनाउने प्रतिबद्धता व्यक्त गरे । प्रत्येक वडाका वृद्धवृद्धाहरुलाई धार्मिक स्थलहरुको भ्रमण जानको लागि रकम समेत छुट्टयाएको आचार्यले बताए ।

यस्तै कार्यक्रममा कोहलपुर नगरपालिका १ का वडा वडा सदस्य, समाजसेवी, बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्