कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका १३ मा रहेको बालशिक्षा मावि भरैयाको अभिभावक संघको अध्यक्षमा गणेश कुमार पुन चयन भएका छन् । जसमा सदस्यहरुमा नन्दा कुमारी शाही, टिकावादी, कमलसिंह डांगी, ममता कुमाल, जयबहादुर पुन र पदेन सदस्य वडा अध्यक्ष डम्बर बहादुर खड्का र विद्यालयका प्रअ टर्क बहादुर खत्री चयन भएका हुन । यस्तै शिक्षक प्रतिनिधि विद्यालय शिक्षकले छनौट गरी पुर्णता दिने विद्यालयका प्रधानाध्यापक टर्क बहादुर खत्रीले बताए । दिर्घकालिन योजना निर्माण तथा अभिभावक भेलाबाट समिति समेत निर्माण गरेको हो ।
यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथि कोहलपुर नगरपालिका सामाजिक विकास समिति संयोजक ईश्वरी प्रसाद वि क.ले आगामी पाँच वर्ष भित्र कोहलपुरका हरेक विद्यालयहरु टिनका छाना मुक्त हुने बताए ।‘ निर्वाचितपछि शिक्षामा दुई गुणाले लगानी वृद्धि गरिएको छ,’ उनले भने, । बालशिक्षा मावि विकटका विद्यालयमा अब शिक्षामा लगानी हुने र त्यसबाट विद्यालयको समग्र विकास हुनेछ । केहिदिन अगाडि बसेको शिक्षा समितिको वैठले पहिलो चरणमा माविमा सहायक लेखापाल अनिवार्य राख्ने व्यवस्था गर्ने निर्णय समेत भएको प्रतिवद्द्ता व्यक्त गरे ।
कार्यक्रमा बोल्दै विशिष्ट अतिथि तथा मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर बांके पाठ्यक्रम तथा मूल्याङकन विभागका विभागीय प्रमुख एकराज शर्माले बाल शिक्षा माध्यमिक विद्यालय कर्णालीका जिल्ला जस्तै दुरदराजमा रहेको वताए । उनले यहाँको समुदायको आयस्रोत निकै न्यून भएको, अशिक्षित अभिभावकको बाहुल्यता रहेकाले विद्यालयको समग्र विकासको लागि भौतिक संरचना निर्माण गर्ने कार्यमा स्थानीय सरकारको ध्यान अनिवार्य जानु पर्ने कुरामा जोड दिए । आगामी ५ वर्ष भित्र टिनको रहरा मुक्त विद्यालय निर्माण गर्न र बाल शिक्षा माध्यमिक विद्यालयमा तहगत एवम् विषयगत शिक्षकको अनिवार्य व्यवस्था गर्नु पर्ने आवश्यकता रहेको औल्याए । विद्यालयको सुरक्षाको लागि तारबारको व्यवस्था गर्नु पर्ने तथा रोहिणी खोलाको शिव मन्दिरदेखि विद्यालय आउने सडक चौडा बनाई व्यवस्थापन गर्नुपर्ने कुरामा जोड दिए ।

गुणस्तरीय शिक्षाको लागि विद्यालयको समग्र विकासमा अभिभावकको अहम भूमिका हुने भएकोले विद्यालयप्रती चासो दिन अभिभावक लाई आग्रह समेत गरे । विद्यालय निर्माणमा शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ तथा प्रधानाध्यापकको मात्र जिम्मेवारी नभई आम अभिभावकको बढी भूमिकाबढी हुनुपर्ने कुरामा जोड दिए साथै उनले विद्यालयको जग्गा के कति हो त्यसको तत्काल नक्साङकन गर्न समेत अनुरोध गरे ।
कार्यक्रम बोल्दै वडा नं १३ का वडा अध्यक्ष डम्बरबहादुर खडकाले बाल शिक्षा माध्यमिक विद्यालयको जग्गा एक महिना भित्र नक्साङकन गर्ने प्रतिवद्दता व्यक्त गरे उनले पुर्वमा गेरुवा खोला तथा सामुदायिक वन, पश्चिममा रोहिनी खोला, उत्तरमा दुई खोलाको दोभान र दक्षिणमा सिम्रहवाको सिमाना रहेकाले विद्यालयको सिमाना नक्साङकन गर्ने प्रतिवद्दता व्यक्त गरे । विद्यालय निर्माण मात्र नभई गांघर क्लिनिक समेत आउने कुरामा ढुक्क हुन अनुरोध गरे ।
कार्यक्रममा वडा नं १३ का वडा सदस्य गोमा खनालले भरैया लाई पर्यटकिय स्थलका रुपमा विकास गरि गुरु योजना बनाउनु पर्ने कुरामा जोड दिएकी थिन । कार्यक्रममा बोल्दै शिक्षा युवा तथा खेलकुद शाखाका प्रा स बल बहादुर वि क ले अभिभावकहरु विद्यालयमा कम्तीमा पनि एक महिनामा १ दिन आउन अनुरोध गरे । साथै उनले विद्यालय व्यवस्थापन समितिको निर्माण प्रक्रियाको वारेमा वताए । विद्यालयका निवर्तमान अध्यक्ष डम्बर वि क ले आफ्नो कार्यकालमा २५ जति नयाँ काम गरेको वताए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टर्क बहादुर खत्रीले आफ्नो विद्यालयको आय व्यय तथा विद्यालयको प्रगती विवरण प्रस्तुत गर्दै आगामी दिनमा आम सरोकारवालाहरुको सहयोगमा विद्यालय बनाउन सकिने कुरामा जोड दिए । विद्यालय निर्माणका लागि अल्पकालीन तथा मध्यकालीन योजना समेत पेस गरेका थिए ।
कार्यक्रम शिक्षक अभिभावक संघका अध्यक्ष टेक बहादुर डांगिको अध्यक्षता सम्पन्न कार्यक्रमको सहजीकरण शिक्षक दिपक केसीले गरेका थिए । उक्त भेलामा पुर्व प्रअ लिलाराज वलि, विभिन्न राजनीति दलका व्यक्तिहरु विद्यालयका शिक्षक कर्मचारी एवम् पत्रकार बुद्धिजीवीको समेत उपस्थित रहेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्