नेपालगन्ज ।
नेपालगन्ज उपमहानगरपालिकाका सम्पूर्ण विद्यालयहरु आइतबारदेखि बन्द हुने भएका छन् । चिसो अत्याधिक बढेपछि उपमहानगरपालिका अन्तर्गत संचालित सम्पूर्ण विद्यालयहरुमा पुस २४, २५ र २६ गते तीन दिन विदा दिने निर्णय गरिएको शिक्षा महाशाखाका प्रमुख गोर्खबहादुर थापाले बताए ।
केही दिन यता बढेको अत्याधिक चिसोका कारण विद्यार्थीहरुमा आउन सक्ने स्वास्थ्य समस्या र पठनपाठन प्रक्रियामा समेत असहज वातावरण सिर्जना भएकाले नगर शिक्षा समितिको आज बसेको बैठकले तीन दिन विद्यालयहरुमा विदा दिने निर्णय गरेको हो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्