बसपार्कबाट यौनजन्य गतिविधिमा संलग्न २४ महिलासहित २९ जना पक्राउ




पर्सा ।

पर्सा प्रहरीले वीरगञ्जको बसपार्क तथा ४० फिटे सडक क्षेत्रबाट २९ जनालाई पक्राउ गरेको छ । ती क्षेत्रमा सञ्चालित होटेलहरूबाट २४ जना महिला र ५ जना पुरुषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बसपार्क तथा ४० फिटे सडक क्षेत्रमा सञ्चालित होटेलहरूमा अवैध रूपमा यौनजन्य क्रियाकलाप हुने गरेको गुनासोको आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय अन्तर्गत रहेको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

४० फिटे सडक क्षेत्रबाट अनुसन्धानका लागि २९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

वीरगञ्जको बसपार्क नजिकै ‘प्रेम गल्ली’ नामले नै एउटा गल्ली परिचित छ । जहाँ सुन्दर युवतीलाई प्रयोग गरेर मादक पदार्थ सेवन गर्न आउनेहरूसँग बढी पैसा असुल्ने गरिन्छ । भने ४० फिटको सडकमा रकम लिएर यौन गतिविधि चलाउने गरिएको जनगुनासो छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ पुस १८ गते सोमबार