शिवध्वज शाही, कोहलपुर
डा. महेन्द्र मल्लले प्रजातन्त्रवादी प्राध्यापक संघको अध्यक्षमा उम्मेदवारी दिने ईच्छा व्यक्त गरेका छ्न । प्रजातन्त्रवादी प्राध्यापक संघका पुर्व केन्द्रिय उपाध्यक्ष एवम् मध्यपश्चिम विश्वविद्यालयका पुर्व रजिस्ट्रार समेत रहेका डा. मल्लले मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर प्रजातन्त्रवादी प्राध्यापक संघ ईकाइ समितिका पदाधिकारीहरु संगको भेटमा उनले आफू आगामी महाअधिवेसनमा अध्यक्षमा उम्मेदवारी दिने ईच्छा व्यक्त गरेका हुन ।
उनले आफुले दोस्रो महाअधिवेशनबाट उपाध्यक्ष भएको, प्राध्यापकको हक हितमा काम गरेको, मध्यपश्चिम विश्वविद्यालय बनाउने कार्यम आफू लागि स्थापित समेत गरेकोले अबको ईच्छा प्राध्यापकको नेतृत्व गर्ने भएको वताए । यसका लागि आफुले वागेश्वरि क्याम्पस देखि शुभारम्भ गरेकोले यस कार्यमा सहयोग गर्न अनुरोध गर्दै अध्यक्षको ईच्छा लाई उदघोष गरेका थिए ।
उक्त भेटघाट कार्यक्रममा बोल्दै प्रजातन्त्रवादी प्राध्यापक संघ वागेश्वरी बहुमुखी क्याम्पस ईकाई सभापति एकराज शर्माले क्याम्पसमा प्राध्यापनरत आंशिक प्राध्यापक, करार प्राध्यापक तथा घटुवा प्राध्यापकका विविध समस्या रहेकाले यसतर्फ नेतृत्वको ध्यान जानुपर्ने कुरामा जोड दिए । आफ्नो शैक्षिक योग्यता लाई युवाजवानी सबै आंशिक तथा करार प्राध्यापकका रूपमा दसकौ वर्ष वितेकोले त्यसको पेशागत सुरक्षा हुनुपर्ने कुरामा जोड दिए ।
अब आउने नेतृत्वमा त्यो खालको भावना हुनुपर्छ उनको जोड थियो । साथै समग्र ईकाईको तर्फबाट मल्ललाई शुभकामना समेत दिएका थिए । कार्यक्रम निवर्तमान सभापति टेकेन्द्र कुमार महतराले मध्यपश्चिम विश्वविद्यालयको प्राध्यापक संघ गठनमा किन ढिलाई भएको हो त्यसको जानकार लिएर काम गर्न अनुरोध गरे । आगामी नेतृत्वमा आउने साथीहरूले प्राध्यापकका शाझा सवालप्रती चनाखो हुन आग्रह गरे ।
कार्यक्रममा पुर्व क्याम्पस प्रमुख तथा प्र.पा. संघ ईकाई समिति सल्लाहकार रमेशचन्द्र अधिकारीले मल्ललाई शुभकामना दिदै प्राध्यापकमा समस्या केलायर अगाडि बढ्ने खालको नेतृत्व अबको आवश्यकत भएको जिकिर गरे । त्यस्तै प्र.पा. संघ प्रतिनिधि एवम् उप प्राध्यापक जिवनसिह राठौरले अबको लाईन स्पष्ट पार्दै सबैको एकजुट र आपसी समझदारीमा नेतृत्व गर्नु अनुरोध गरे । कार्यक्रममा ईकाइ सचिव गोपिलाल शर्मा, कार्यसमिति सदस्यहरु मीन बहादुर के सि, जेन्टिल गौतम र बाल कुमार शर्मा लगायतको उपस्तिथि रहेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्