गोरखामा सप्ताहव्यापी खेलकूद प्रतियोगिता सुरु, प्रथमलाई २१ हजार

कोहलपुर।

बाँकेको कोहलपुर नगरपालिका २ मा रहेको गोरखा युनाईटेड पब्लिक स्कुलमा सप्ताहव्यापी खेलकूद प्रतियोगिता सुरु भएको छ । आइतबार विद्यालयका सञ्चालक केशर बहादुर आलेले उद्घाटन गरी सप्ताहव्यापी खेलकूद प्रतियोगिता तथा दशौं संस्थापक फुटबल प्रतियोगिता सुरु भएको हो ।

गोरखाले हरेक वर्ष खेलकुद सप्ताह रुपमा सञ्चालन गर्दै आइरहेको छ भने यस वर्षमा ४ वटा सदनका छात्रा/छात्रहरु बीचअन्तर सदनात्मक विभिन्न खेलकूद प्रतियोगिताहरु सञ्चालन गरिने विद्यालयका सञ्चालक आलेले बताए । आलेका अनुसार प्रतियोगितामा प्रथम हुने सदन लाई नगद रु २१ हजार, द्धितीयलाई रु १० हजार दिइने छ । विद्यार्थीहरुलाई कितावी ज्ञान मात्र नदिई आफू भित्रको प्रतिभालाई खेलको माध्यमबाट पहिचान गरी चौतर्फी विकासमा जोड दिन खेलकुद प्रतियोगिताको आयोजना गरिएको संस्थापक आलेले बताए ।

यस्तै विद्यालयका प्रध्यानाध्यापक साधना थापाले वि.स. २०६५ सालदेखि विद्यालयका संस्थापकहरुको आफ्नो छुटै कोषबाट सञ्चालन हँुदै आईरहेको बताए । प्रतियोगिता पौष १७ गतेबाट सञ्चालन भई पौष २२ गते शुक्रबार गते समापन हुनेछ । संस्थापक, शिक्षक तथा कर्मचारी बीच मैत्रीपूर्ण खेल समेत हुने विद्यालयका प्रशासकीय अधिकृत कर्ण बस्नेतले जानकारी दिए ।
कार्यक्रममा विद्यालयका सञ्चालक, कार्यरत शिक्षक तथा कर्मचारीहरु र अध्ययनरत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।