कोहलपुरमा विद्यार्थीको वृत्ति मार्ग निर्देशन कार्यक्रम सुरु

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा विद्यार्थीको मार्ग निर्देशन कार्यक्रम सुरु भएको छ । बिहिबार त्रिभुवन नमूना माध्यमिक विद्यालयको आयोजनामा विद्यालयका प्रअ र विव्यस अध्यक्षहरुको अभिमूखिकरण र विद्यालय पहिचान गरी वृत्ति मार्ग निर्देशन कार्यक्रम सुरु गरिएको हो ।

यस्तै कार्यक्रममा कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले विद्यार्थीको भविष्यको निर्धारण, रुची र खुवीका आधारमा मार्ग निर्देशनका लागि अभिमूखिकरण र विद्यालय पहिचान गरेको बताए । विद्यार्थीको जिज्ञासा, उत्सुक्ता, मनोविज्ञान समेत तयार हुने र कुन क्षेत्र प्रभावकारी हुनसक्छ भन्ने विषय अभिभावकलाई समेत दिर्घकालिन योजना बनाउ यसले महत्वपूर्ण भूमिका खेल्ने आचार्यले बताए ।

यस्तै वृत्ति मार्ग निर्देशक शिक्षक रिसी शर्माले कोहलपुर भित्रका ४ वटा विद्यालयमा वृत्ति मार्ग निर्देशन कार्यक्रम सुरु गरिएको बताए । ‘त्रिभुवन नमूना माध्यमिक विद्यालय-१०, सरस्वती मावि-८, ज्ञानज्योति मावि-१२ र नेपाल राष्ट्रिय मावि १३ को विद्यालयमा अध्ययनरत ९ कक्षाका विद्यार्थीहरुको रुची र खुवीका आधारमा मार्ग निर्देशन गर्नका लागिएको छ ।’ उनले भने ‘बालबालिकाको अहिलदेखि भविष्यसम्म कुन विषय लिएर पढ्दा के हुन्छ ? कुन विषय लिएपछि कसरी जागिर पाउन सहज हुन्छ ? बजारमा कुन कुन विषयका बढि प्राथमिकता छ त्यसको पहिचान गरी रुची र खुवीका आधारमा विषय छनौट गरी मार्ग निर्देशन गर्न सजिलो हुन्छ ।’

त्यसकारणले कक्षा ९ मा ऐच्छिक विषय छनौट गर्ने भएकोले विद्यार्थी अन्योल नहुन र प्रशिक्षकको रुपमा सोही विद्यालयमा अध्यापन गराइरहेका शिक्षकलाई नै खटाईने वृत्ति मार्ग निर्देशनका शिक्षक रिसी शर्माले बताए । कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुलाई ६ वटा सेसन र फेरी अर्को वर्ष कक्षा १० मा पूर्नताजकि तालिम समेत दिने शर्माले बताए ।

कार्यक्रममा कोहलपुर नगरपालिका भित्रका सामुदायिक विद्यालयका प्रअ, विव्यस अध्यक्ष, कोहलपुर नगरपालिका प्रमुख टिकाराम ढकाल, नगर शिक्षाका प्रमुख राम बहादुर हमाल, रवि मिजार लगायतको उपस्थिति रहेको थियो ।