अंग्रेजी भाषाको निबन्ध लेखन प्रतियोगितामा तक्षशिलामा अध्यनरत छात्रा खड्का प्रथम र रावत तृतीय

कोहलपुर ।

बाँके जिल्ला स्तरीय अंग्रेजÞी भाषाको निवन्ध लेखन प्रतियोगिता तक्षशिला एकेडेमीमा अध्यनरत छात्रा निलम खड्का प्रथम भएकी छिन् ।

बिहिबार अंग्रेजी शिक्षकहरु आवद्ध संस्था नेल्टा बाँकेको आयोजना भएको अंग्रेजी भाषाको निवन्ध लेखन प्रतियोगितामा तक्षशिला एकेडेमीमा अध्यनरत निलम खड्का प्रथम भएकी हुन् । ‘भावी पुस्ताका लागि पृथ्वी जोगाउन मानवीय क्रियाकलापमा पुर्नविचार’ भन्ने विषयमा निबन्ध लेखन प्रतियोगिता गरिएको थियो ।

यस्तै प्रतियोगितामा ग्रीन पिस मावि चप्परगौडिमा अध्यनरत छात्रा कृसा दहाल द्धितीय र तक्षशिला एकेडेमीमा अध्यनरत छात्रा मृगाक्षी रावत तृतीय भएकी थिइन् भने सगरमाथा ज्ञानकुञ्जमा अध्यनरत छात्रा दिलमाया विसी सान्तवना स्थान ल्याएकी थिइन् ।

बाँके जिल्लाका ७ वटा विद्यालयबाट १३ जना विद्यार्थीहरुले प्रतियोेगितामा भाग लिएका थिए । निबन्ध लेखन प्रतियोगितामा वागेश्वरी बहुमुखी क्याम्पसका प्रध्यापक तथा अंग्रेजी विषयका विज्ञ प्रमोद सुवेदी निर्णायकमण्डलमा रहेका थिए ।

कोहलपुर नगरपालिकाका सामाजिक विकास शाखाका संयोजक इश्वरी प्रसाद विकको प्रमुख आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएको थियो । यस्तै नेल्टा बाँकेका अध्यक्ष टर्क बहादुर खत्रीले बालबालिकाको लेखन शैलिमा थप उर्जा थप्ने उद्देश्यले प्रतियोगिता गरिएको बताए ।

यस्तै कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकाल, नगर शिक्षा शाखा प्रमुख रामबहादुर हमाल, नेल्टा बाँकेकी सदस्य विन्दु सुवेदी र ग्रीन पिस माविका पिन्सिपल बिष्णु बिक्रम शाही लगायतको उपस्थिति थियो ।