आप्रवासन तथा वैदेशिक रोजगार सम्बन्धी सरोेकारवालासंग अन्तरक्रिया

शिवध्वज शाही, कोहलपुर

बाँकेको कोहलपुर-११ मा आप्रवासन तथा वैदेशिक रोजगारसंग सम्बन्धित सरोकारवालाहरु संग समन्वयात्मक वैठक गरेको छ । बिहिबार ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा संचालित दियो परियोजना अन्तगर्त सुरक्षित आप्रवासन तथा वैदेशिक रोजगारसंग सम्बन्धित सरोकारवालाहरुसंग समन्वयात्मक वैठक गरिएको हो ।

यस्तै पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईको अध्यक्षतामा बसेको वैठकमा बोल्दै कोहलपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक ईश्वरी विकले बैदेशिक रोजगारी नजाऔं स्वदेशमै केही व्यवसाय गरौं जानै परेपनि सुरक्षित आप्रवासन तथा बैदेशिक रोजगार सम्बन्धी जानकारी लिएर जानुपर्नेमा जोड दिएका थिए ।

‘पुस्तकालयमा हुने पुस्तकको बारेमा कोहलपुरका शिक्षण संस्थामा जानकारी दिनुपर्छ, ‘त्यसको लागि कोहलपुर नगरपालिकाले गर्नुपर्ने सहयोग गर्नेछ, उनले भने ।

यस्तै कोहलपुर ईलाका प्रशासन कार्यालयका प्रमुख काशी पंगेनिले कोहलपुरका ६, ७, १३, १४ र १५ वडामा यो कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।

इलाका प्रहरी कार्यालय कोहलपुरका बरिष्ठ सई जनक बुढाले बैदेशिक रोजगारी सम्बन्धी मुद्धाहरु कम आउने र सम्बन्धीत निकायमा नै जाने गरेको बताए ।

यस्तै अधिवक्ता जयकृष्ण न्यौपानेले बैदेशिक रोजगारीमा जाने व्यक्तिहरुलाई अनिवार्य शिक्षा दिनुपर्ने बताए । रोजगारीमा जाने व्यक्तिहरुलाई ठगी हुनबाट बच्नका लागि के के उपायहरु अपनाउनुपर्छ त्यसको पूर्व जानकारी अथवा ठगी भएमा पनि प्रमाण अभावका कारणले न्याय नपाउने समस्या झेलिरहेकोले यसतर्फ ध्यान दिनु जरुरी रहेको बताए ।

यस्तै कार्यक्रम पुस्तकालयका सचिव एकराज शर्माले सञ्चालन गरेका थिए भने शिवध्वज शाहीले सहजीकरण गरेका थिए । सरोकारवाला निकायकाबाट आएका सुझावलाई पूर्ण रुपमा कार्यान्वयन गरी कार्यक्रम अगाडी बढाउने अध्यक्ष भट्राईले बताए ।

उक्त कार्यक्रममा कोहलपुर नगरपालिका सामाजिक विकास शाखा तथा सामी परियोजना प्रमुख शुशिला थापा, मानव अधिकार मन्च नेपाल बाँकेका अध्यक्ष राम बहादुर मल्ल, पुर्व अध्यक्ष जयश्वर पौडेल, पत्रकारहरुको सहभागितामा बैंठक गरिएको थियो ।