अनुमतिबेगर नेता र कूटनीतिज्ञ नभेट्न सुरक्षा अधिकारीलाई गृहमन्त्रालयको निर्देशन




काठमाडौं ।

गृहमन्त्रालयले सुरक्षा अधिकारीलाई पूर्वअनुमति लिएर मात्र कूटनीतिक अधिकारी र नेतालाई भेट्न निर्देशन दिएको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै गृहले विभागीय स्विकृति लिएर त्यस्ता भेटघाट गर्न निर्देशन दिएको हो । निर्देशन अटेर गरे अनुशासनको कारबाही गरिने गृहले चेतावनी दिएको छ ।

सुरक्षा अधिकारीले राजनीतिक दलका नेता र कूटनीतिक अधिकारीलाई भेटघाट गर्ने गरेको पाइएको भन्दै कर्तव्यपालनाबाहेकको अवस्थामा स्वीकृति लिनुपर्ने गृहले जनाएको छ ।

सुरक्षा निकायको सरुवा बढुवामा शक्ति केन्द्रको व्यापक हस्तक्षेप हुने गरेको छ। त्यसका लागि सुरक्षा अधिकारीहरू राजनीतिक दलका नेताहरू निकट देखिने गरेका छन्।

स्रोतका अनुसार रवि लामिछानेले गृह मन्त्रीका रूपमा शपथ लिएपछि धेरै सुरक्षाकर्मी उनलाई बधाई दिन गृह मन्त्रालय नै पुगेका थिए।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ पुस १४ गते बिहीबार