खजुरामा माघ ५ देखि १० गते सम्म पाँचौ अन्तर मेयर कप रनिङ शिल्ड प्रतियोगिता हुने

गम बहादुर डाँगर, खजुरा ।

बाँकेको खजुरा गाउँपालिकामा पाँचौ अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुने भएको छ । मंगलबार खजुराका प्रध्यानाध्यापकहरूकाे बैठकले माघ ५ गते देखि १० गते सम्म मेयर कप रनिङ शिल्ड प्रतियोगिता गर्ने निर्णय गरेको हो ।

खजुरा गाउँपालिकाका शिक्षा तथा खेलकुद शाखाका प्रमुख खगेन्द्र मल्लका अनुसार पालिका व्यवस्थापन तथा संचालनमा रनिङ शिल्ड प्रतियोगिता खजुरा गाउँपालिका-४ मा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालयले गर्नेछ ।

रनिङ शिल्ड प्रतियोगितामा १३ वटा खेलमा माध्यमिक तहका विद्यार्थी खेलाडिहरुले सहभागिता जनाउने छन ।

त्यस्तै १० वटा खेलमा आवि तहको सहभागिता रहनेछ भने ५ वटा आधारभुत तहको विद्यार्थिहरुले सहभागिता जनाउन पाउने निर्णय गरिएको छ ।

बैंठकमा वरिष्ठ एथलेटिक्स मुख्य प्रशिक्षक चन्द्र बहादुर गुरुङ, खेल प्रशिक्षक लाल बहादुर गुरुङ, वडा नम्बर चारका वडाध्यक्ष टेक बहादुर रोका क्षेत्री, खजुरा शिक्षा समितिका सदस्य लगाएतको उपस्थिति रहेको थियो ।