१५ वर्षको मेहनतपछि बैजनाथका थारुले गरे विद्युतीय साइकलको आविस्कार

कुशल दर्लामी, बैजनाथ

निरन्तर मेहनत, लगनशिल परिश्रमले एक न एक दिन मिठो उपहार दिन्छ । बैज्ञानिकहरु प्नि निकै लामो संघर्षपछि सफलता मिलेको हामीले पढेका छौं र सुनेका छौं ।

नेपालमा पनि एउटा साइकलको घुम्ती पसल सञ्चालन गरेर विद्युतीय साइकल अविस्कार गर्ने सम्म पुगेका छन् बैजनाथ गाउँपालिकाका ६ का बलिराम थारु । बैजनाथ ६ सम्झना बजारमा सानो घुम्ती पसल छ । श्रीमती जगमोहनी थारुले श्रीमानसंगसंगै काम गरिरहेकी छिन् । घुम्ती पसल खोेलेको १५ वर्ष भयो ।

सुरुमा ३० हजारको लगानीमा साइकलको टायर बनाउने काम गरे । ‘सम्झना बजारमा साइकलको टायर बनाउने पसलहरु नभएर होला व्यवसाय बढ्दै गयो’ थारु बताउँछन् । ‘अहिले घरायसी खर्च कटायर ३० देखि ४० हजारसम्म मासिक बचत हुन्छ’ उनले भने पहिले रोजगारीको चिन्ता थियो तर अहिले छैन ।’

पसल खोलेको ३ वर्षपछि उनकी श्रीमतीले साइकल पसलको सम्पुर्ण काम सम्हालेपछि आफूले नयाँ सोच बनाएर विद्युतीय साइकल बनाउने भन्ने सोच आयो । करिब ३ महिना अगाडि एउटा साइकल बनाउन सफल भए र त्यसलाई परिक्षण गरे ।

उनले निर्माण गरेको साइकल विद्युतबाट फूल चार्ज गरेपछि करिब ४० किलोमीटर कुद्ने अनुमान गरिएको थारु बताउँछन् । उनले महङ्गीको मारमा परेको नेपाली समाजलाई थोरै भएपछि राहत मिल्ने उनको अपेक्षा छ । उनले निर्माण गरेको विद्युतीय साइकल बजारमा सहजै पाउन सकिन्छ भने सस्तो मुल्यमा पनि छ ।  कहाँ पेट्रोल भन्ने ? सकिने चिन्ता हुँदैन । पेट्रोलियम मोटरसाइकल र स्कुटरको विकल्पको रुपमा प्रयोग गर्न सकिने थारु बताउँछन् ।

अझै उनले अपाङ्गता भएका व्यक्तिहरुका लागि विद्युतिय साइकल र नयाँ मोडलमा निर्माण गर्ने तयारीमा जुटेका छन् ।