महेन्द्र बहुमुखी क्याम्पस कानुन संकायका विद्यार्थीले दिए बधाई




शिवध्वज शाही, कोहलपुर 

त्रिभुवन विश्वविद्यालय महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज एल एल वि तेस्रो वर्ष पूरा गरेका विद्यार्थीहरुले आयोजना गरेको शुभकामना, बधाई तथा सम्मान कार्यक्रम गरिएको हो । एल एल वि तेस्रो वर्ष २०७४/०७७ व्याजमा अध्ययनरत दुई जना विद्यार्थीहरु हालै सम्पन्न लुम्बिनी प्रदेश सदस्यमा समानुपातिक कोटामा परेको नेपाली कांग्रेसबाट सन्जु कुमारी थारु र जसपाबाट अम्बिका काफ्ले सहित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका अध्यक्ष टेकेन्द्र मल्ललाई शुभकामना, बधाई तथा सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै उक्त व्याजका विद्यार्थी एकराज शर्माले उनिहरु लाई बधाई दिदै क्याम्पसमा एल एल वि संकायको स्तर वृद्धि गर्न सांसदहरूलाई आग्रह गरे । उनले महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका क्याम्पस प्रमुख लालमणि आचार्यले विद्यावारिधि गरेकोमा विशेष बधाई दिदै क्याम्पसले उतिर्ण विद्यार्थीहरु लाई विर्सन नहुने कुरामा जोड दिए । उनले क्याम्पस बाट उतिर्ण विद्यार्थीहरु विभिन्न ओहदामा रहेर काम गरेकोले सबै विद्यार्थीहरुले क्याम्पसको श्रीवृद्धि गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा प्रदेश सांसद सन्जु कुमारी थारुले क्याम्पसको विकासमा आफू अहोरात्र लागि पर्ने भौतिक संरचना निर्माण कार्यमा जोड दिने वताइन ।

त्यसैगरी प्रदेश सभा सांसद अम्बिका काफ्लेले जिर्ण भौतिक संरचना लगायत कानुन संकायको लागि आफ्नो ध्यान जाने वताईन । कार्यक्रममा प्रमुख अतिथि तथा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका क्याम्पस प्रमुख डा लालमणी आचार्यले अब एल एल वि आउने वर्ष देखि अनलाइन बाट पठनपाठन हुने र आगामी वर्ष देखि वि ए एल एल वि को पनि पढाइ हुने कुराको अवगत गराए । उनको एल एल वि उतिर्ण सम्पूर्ण विद्यार्थीलाई समेत बधाई दिए ।

उक्त कार्यक्रममा अधिवक्ता लोक बहादुर शाह, उप प्राध्यापक निरन्जन ज्ञवाली, पुर्व क्याम्पस प्रमुख गणेश रेग्मी लगायत कानुन संकायक प्राध्यापक तथा विद्यार्थीको उपस्थित रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य शंकर न्यौपानेले गरेका थिए । ७४ वर्षका विद्यार्थी बलभद्र वलिको अध्यक्षतामा सप्पन्न कार्यक्रमको सन्चालन कुल रजाइली र कमल शाहिले गरेका थिए । कार्यक्रममा सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । उक्त कार्यक्रममा क्याम्पस प्रमुख तथा पुर्व क्याम्पस प्रमुख समेतलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रम नेपालगन्जको स्वस्तिक होटेलमा सम्पन्न भएको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ पुस ११ गते सोमबार