सम्बन्धीत विद्यालयमा अध्यनरत विद्यार्थीको अभिभावकलाई नै विव्यस अध्यक्ष बनाउने बोल्ड निर्णय

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा राजनितिक दलहरुले बोल्ड निर्णय गरेका छन् । शनिबार बसेको सर्वदलिय बैंठकबाट कोहलपुरमा शिक्षा क्षेत्रमा नयाँ आयाम ल्याउने किसिमको बोल्ड निर्णय गरेको हुन् ।

कोहलपुरका सामुदायिक विद्यालयमा विव्यस अध्यक्ष सम्बन्धीत विद्यार्थीका अभिभावकभन्दा बाहिरका विव्यसको अध्यक्ष भएर बस्ने र सामुदायिक विद्यालयको गुणस्तर खस्किएपछि सर्वदलिय बैठक गरी निर्णय गरेको नेपाली काँग्रेसका नगर सभापति विरेन्द्र शाहले जानकारी दिए ।

कोहलपुर टुडे संग कुराकानी गर्दैै शाहले भने, ‘सम्बन्धीत विद्यालयमा अध्यनरत बालबालिकाका अभिभावक नै विव्यसको अध्यक्ष हुनेछन,’ ‘विद्यालयमा राजनितिक गर्नका लागि मात्र विव्यसको अध्यक्ष बन्न पाउने छैनन् ।’ त्यसलाई पालिकाले समेत नितिगत रुपमा नै व्यवस्था गरी अगाडि लैजाने समेत छलफल भएको नगर सभापति शाहले बताए ।

यस्तै नेकपा एमालेका नगर सचिव माधव रिजालले बोडिङ्ग विद्यालयको फाउन्डर सामुदायिक विद्यालयमा विव्यसको अध्यक्ष बनेर कति बेला सम्म चल्छ ? उनले प्रश्न गरे त्यसकारणले सम्बन्धीत विद्यालयमा अध्यापन गराउने अभिभावक नै विव्यसको अध्यक्ष बनाउने सर्वदलिय बैंठकबाट पारित गरेको बताए । कोहलपुर टुडे संग कुराकानी गर्दै रिजाजले भने, ‘अब पहिलेको जस्तो हुँदैन, शिक्षामा परिवर्तन आउँछ ।’ ‘राजनितिक दलहरुबाट प्रतिबद्धता र निर्णय गर्दै जानुपर्छ,’ उनले थपे ‘प्रतिबद्धता र निर्णय गरेर मात्र हुँदैन कार्यान्वयन गर्नु मुख्य विषय हो ।’ त्यसका लागि पालिकाबाट नै नितिगत व्यवस्थापन गरी अगाडि लैजानका लागि एमाले तयार रहेको बताए ।

अब कोहलपुरको शैक्षिक क्षेत्रमा परिमार्जन गर्नुपर्छ भन्ने द्येयका साथ नेकपा माओवादीका कोहलपुरका नगर अध्यक्ष अवराज खड्काले एजेण्डा राखेको बताए । एजेण्डामा छलफल हुँदा सबै राजनैतिक दलहरुले एक ढिक्का भएर बोल्ड निर्णय गरेको नेकपा माओवादीका कोहलपुरका नगर अध्यक्ष खड्काले बताए ।

सोही विषयमा कोहलपुर टुडेले कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यसंग गरेको कुराकानीमा राजनिति दलहरुले गरेको सर्वदलिय निर्णय राम्रो र स्वागतयोग्य निर्णय भएको बताए । ‘राजनितिक दलहरु एकिकृत ढङ्गबाट कोहलपुरको विकास र समृद्धिमा संगै हातेमालो गर्नका लागि तयार छ,’ उनले भने, ‘तर विव्यस अध्यक्ष बनाउने विषयमा शिक्षाको निति, ऐनमा फरक छ ।’ राजनितिक दलहरुले गरेको निर्णयलाई कार्यान्वयन गर्नका लागि हरदम तयार रहेको नगर प्रमुख आचार्यले बताए ।

सर्वदलिय बैंठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि तिलक बहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर अध्यक्ष आनन्द बाबु काफ्ले, नेकपा एकिकृत समाजवादीका प्रतिनिधि शिव डाँगी र नागरिक उनमुक्ति पार्टीका प्रतिनिधि भूम भण्डारी उपस्थित रहेकाे थियाे ।